क्विक्स-ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल

क्विक्स-ग्रिनल्यान्ड बास्केटबलमा ६८ टोली सहभागी हुने

क्विक्स–ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल बारे जानकारी गराउदै आयोजक

काठमाडौं । ग्रिनल्यान्ड माविको आयोजनामा १७ औं क्विक्स-ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगिततका ३ विधामा  ६८ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले जनाकारी गराए ।

कुल १ सय १६ खेल हुने प्रतियोगितामा सिनियर ब्वाइजतर्फ २८, जुनियर ब्वाइजतर्फ १६ र गर्ल्सतर्फ २४ टोलीले भाग लिने छन् ।

असोज ८ गते सम्म हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा हुनेछ ।