केएमसी अन्तरविद्यालय बास्केटबल

केएमसी अन्तर विद्यालय बास्केटबलः आयोजक केएमसी र इनोभेटिभको जित

काठमाडौं। आयोजक केएमसी ‘ए’ र इनोभेटिभले तेश्रो केएमसी अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित निकालेका छन् ।

बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसी ‘ए’ ले रिलयान्सलाई २८-२० ले पराजित गरेको हो  । केएमसीका रियम राईले १७ अंक जोडे । इनोभेटिभले सनसाइनलाई २८-१९ ले हरायो । इनोभेटिभका समुन्द्र महर्जनले १६ स्कोर गरे ।

सिनियर ब्वाइजमै ज्ञान निकेतनले बाल दिक्षालाई २९-२०, काठमाडौं जेभियरले केएमसी ‘बी’ लाई २२-१५, नेरिक एकेडेमीले सैनिकलाई ३७-१८, एआइएले एनसिसीएसलाई ३७-१६, भद्रघलेले एलिट ग्रान्डलाई १९-१५ र जेनिथले सेन्ट पाउललाई ४४-१७ ले हराए।

ज्ञान निकेतनका आशालाल श्रेष्ठले १२, काठमाडौं जेभियरका अनिकेत बाँस्तोलाले १४, नेकिरका सुशल मगरले १४, एआइएका पर्वत पाण्डेले १६, भद्रघलेका विवश मगरले १२ र जेनिथका सुशिल शाहीले १८ अंक बटुले ।