संस्कृति कप अन्तरविद्यालय बास्केटबल

काठमाडौं वर्ल्ड विजयी

काठमाडौं । तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा काठमाडौं वर्ल्डले जित निकालेको छ । 

काठमाडौं वर्ल्डले बुधबार अध्ययनलाई ४८-४ ले पराजित गरेको हो ।  

ब्वाइजमै मातृभूमिले भक्तपुर निस्टलाई ४८-१८, काठमाडौं भ्यालीले पिपुल्स एकेडेमीलाई ४०-३८ र आयोजक संस्कृतिले विल्सन एकेडेमीलाई ३२-२० ले हराए ।

यसैगरी गर्ल्समा मातृभूमिले अध्ययनलाई ३३-६, काठमाडौं भ्यालीले भक्तपुर निस्टलाई २७-८ र संस्कृतिले विल्सन एकेडेमीलाई २०-७ ले पराजित गरे ।