संस्कृति कप अन्तरविद्यालय बास्केटबल

आयोजक संस्कृतिको दोहोरो जित

सांकेतिक तस्बिर

काठमाडौं । आयोजक संस्कृति स्कुलले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन मंगलबार दोहोरो जित निकालेको छ । 

 संस्कृतिले स्वयम्भूस्थित घरेलु कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइज तथा गर्ल्स दुवैतर्फ जित निकालेको हो ।

संस्कृतिले ब्वाइजमा ज्ञानोदयलाई २९-२७ तथा गर्ल्समा एक्सेल्सियरलाई २३-८ ले पराजित गरेको हो । 

ब्वाइजको अन्य प्रतिस्पर्धामा टिआइएले अध्ययनलाई २९-५, एक्सेल्सियरले इम्पेरियललाई ३५-१२ र काठमाडौं भ्यालीले हेम्सलाई २८-१६ ले हराए । 

यसैगरी गर्ल्समा ज्ञानोदयले अध्ययनलाई १७-२ तथा काष्ठमण्डपले इम्पेरियललाई ३७-७ ले पराजित गरे ।