चैत्र ७, २०८१ बिहीबार | १९:३५:१६
नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी काभा महिला नेसन्स लिग लगातार दोस्रो वर्ष नेपालमा हुने आइपिएलकाे सुरुआती तीन खेलमा रियान परागले राजस्थानको कप्तानी गर्ने च्याम्पियन्स ट्रफी विजेता टोलीलाई बिसिसीआइले ५८ करोड पुरस्कार दिने बार्सिलोनाको सहज जित आइपिएलमा पाँच नयाँ कप्तान नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी काभा महिला नेसन्स लिग लगातार दोस्रो वर्ष नेपालमा हुने आइपिएलकाे सुरुआती तीन खेलमा रियान परागले राजस्थानको कप्तानी गर्ने च्याम्पियन्स ट्रफी विजेता टोलीलाई बिसिसीआइले ५८ करोड पुरस्कार दिने बार्सिलोनाको सहज जित आइपिएलमा पाँच नयाँ कप्तान

भद्रकाली र साइपाल विजयी

बिएमसीए बास्केटबलको सिनियर गर्ल्समा प्रतिस्पर्धा गर्दै एचएचसीए (निलो) र साइपालका खेलाडी

काठमाडौं । भद्रकाली र साइपाल एकेडेमी प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार विजयी भएका छन् ।

बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बएमसीए) र बुढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३-३७ ले पराजित गरेको हो । भद्रकालीको जितमा प्रतीक राईले २० अंक योगदान गरे ।

आयुश खड्काको नौ अंक सहयोगमा साइपालले बिएमसीए ‘ए’ लाई २९-२० ले हरायो ।

सिनियर ब्वाइजमै सेन्ट जोसेफले एचएचसीएलाई ५२-४९ तथा बूढानीलकण्ठ आश्रमले नेसनल युनाइटेडलाई ३२-२५ ले पाखा स्तब्ध बनाए । सेन्ट जोसेफका निकेश तामाङले २५ तथा बुढानीलकण्ठका रेगन गुरुङले १३ स्कोर गरे ।

यसैगरी सिनियर गर्ल्समा एचएचसिएले साइपाललाई ३१-२३ तथा ग्रिनल्यान्डले सेन्ट जेभियर्सलाई २१-१७ ले हराए । एचएचसिएकी प्रमिला लामा तथा ग्रिनल्यान्डकी श्रृषा गुरुङले समान ६ स्कोर गरे ।

जुनियर ब्वाइजमा स्किब्सले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई २३-२०, हिमालयन किङ्डमले बिएमसीएलाई ३०-२१ र एन्जल्स हार्टले ग्रिनल्यान्डलाई २५-२० ले पराजित गरे । स्किब्सका सोहन ठकुरीले ११, हिमालयन किङ्डमका लोप्साङ तामाङले १४ र एन्जल्स हार्टका अंक्स घलेले ६ अंक जोडे ।


भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC