बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

आयोजक बिएमसीए क्वार्टरफाइनलमा

बिएमसीए बास्केटबलको ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसीए) प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा क्वार्टरफाइनलमा प्रवेश गरेको  छ ।

बिएमसीएले आइतबार सम्पन्न खेलमा जुगललाई १९- १५ ले पराजित गरेको हो । बिएमसीएकी विना वाइबाले सात अंक जोडिन् ।

सोही स्पर्धामा एचएचसिएले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३६-३० ले हराउदै क्वार्टरफाइनलमा पुग्यो । एचएचसिएकी शर्मिला बानियाँले १० स्कोर गरिन् ।

सिनियर ब्वाइजमा इबिएले सेवा सदनलाई २४-१७, हिमालयन किङडमले हिमालयन बोर्डिङलाई ३८-२२, युनिभर्सिटीले ह्वाइट माउन्टेनलाई ३०-२४ तथा जुगलले हेराल्डलाई १७-१५ ले हराए । 

इबिएका सोहन भण्डारीले नौ, हिमालयन किङडमका छेवाङ लामाले २१, युनिभर्सिटीका सक्षम ठकुरीले १२ र जुगलका रमन थापा मगरले नौ अंक जोडे ।

जुनियर ब्वाइजमा एन्जल्स हार्ट र गोल्डेनपिकले सफलता हात पारे । एन्जल्स हार्टले भ्याली पब्लिकलाई २८-२३ तथा गोल्डेनपिकले सेन्ट जोसेफलाई ३२-२५ ले पराजित गरेका हुन् ।