बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

इबिए र नेसनल युनाइटेड विजयी

काठमाडौं । इडेन ब्रिज एकेडेमी (इबिए) र नेसनल युनाइटेडले प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित निकालेका छन् ।

बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसीए) र बुढानीलकण्ठ नगरपालिकाद्धारा संयुक्त आयोजित प्रतियोगितामा बिहीबार इबिएले ग्राम शिक्षालाई २४-१७ ले पराजित गरेको हो । इबिएको जितमा छवि भोटेले १३ अंक योगदान गरे । 

अनित रेगनको सात अंक सहयोगमा नेसनल युनाइटेडले नव ज्ञान भुमिलाई २१-१७ ले हरायो ।

सिनियर ब्वाइजमै युनिभर्सिटीले जुगललाई २४-१९, गोल्डेनपिकले हिमालयन किङडमलाई ४०-३०, गोल्डेनपिकले नै मन्जरीलाई ४९–३८ र टिआइएले साइपाल एकेडेमीलाई २४-२२ ले पराजित गरे। युनिभर्सिटीका रेमन शाक्यले १२, गोल्डेनपिकका सुविन तामाङले १६, गोल्डेनपिककै विजय तामाङले १७ र टिआइएका रोशन नगरकोटीले नौ स्कोर गरे ।

यसैगरी सिनियर गर्ल्समा जुगलले भद्रकालीलाई २१-१७, पृथ्वीले हिमालयन किङ्डमलाई ३०-२४ र साइपालले इबिएलाई १६-१० ले पराजित गरे । जुगलकी आशिका जिरेलले नौ, पृथ्वीकी बविता घिमिरेले १५ र साइपालकी आयुष्मा पाख्रिनले आठ अंक जोडे ।

जुनियर ब्वाइजमा स्किब्सले भ्याली पब्लिकलाई २३-१७ तथा गोल्डेनपिकले हिमालयन किङडमलाई ३०-२१ ले हराए । स्किब्सका प्रवेश भण्डारी र गोल्डेनपिकका अमन गुरुङले समान १२ स्कोर गरे ।