माम्बा एसइइ कप बास्केटबल प्रतियोगिता

टिम रितिक च्याम्प्यिन

काठमाडौं । टिम सिंहलाई २१-१८ को स्कोरमा पराजित गर्दै टिम रितिक माम्बा एसइइ कप बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

प्रतियोगिताको फाइनल मंगलबार काठमाडौंको माम्बा स्पोर्टस सेन्टरमा भएको थियो ।

 उपाधिसहित टिम रितिकले ट्रफी, मेडल र २० हजार रुपैयाँ प्राप्त गरेको छ ।  उपविजेता टिम सिंहले ट्रफी, मेडल र१० हजार रुपैयाँ पाएको छ ।  

एसइइ परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आयोजित प्रतियोगितामा उपत्यकाका १६ टोली सहभागी थिए ।