वैशाख २६, २०८२ शुक्रबार | १६:११:१४
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

मनास्लु, आर्मी, डाउनटाउन र कीर्तिपुर विजयी

मदन भण्डारी कप बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आर्मी (हरियो) र अक्कब्रिजका खेलाडी

काठमाडौं । मदन भण्डारी कप खुला महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको पुरुषतर्फ मनास्लु वर्ल्ड कलेज, आर्मी, डाउनटाउन स्पोर्टस सेन्टर र कीर्तिपुर बास्केटबल टिमले विजयी सुरुआत गरेका छन् ।

मनास्लुले थापाथली इन्जिनियरिङ कलेज, आर्मीले अक्सबिज्र इन्टरनेसनल कलेज, डाउनटाउनले सिफल र किर्गिपुरले शंकरदेव कलेजलाई पराजित गरेका हुन् ।

किर्तिपुरस्थित कभर्ड हलमा मंगलबारको खेलमा मनास्लुले थापाथलीमाथि ६८२-५२ को फराकिलो जित निकाल्यो । विजेता टोलीका लागि जयदिपले २५ प्वाइन्टको योगदान गरे ।

सौरभ श्रेष्ठको २३ प्वाइन्टको मद्दतमा आर्मीले दिनको दोस्रो खेलमा अक्सबिज्रलाई ८०-७२ ले हरायो ।

दिनको तेस्रो खेलमा डाउनटाउनले सिफलमाथि ७२-५३ को जित निकाल्यो । डाउनटाउनका लागि कुन्खेन थिङले १९ प्वाइन्टको योगदान गरे ।

प्रशान्त महर्जनको १४ प्वाइन्टको मद्दतमा दिनको चौथो तथा अन्तिम खेलमा कीर्तिपुरले शंकरदेव कलेजमाथि ६२-४८ को जित निकाल्यो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ६ गरी कुल २२ टोलीको सहभागिता छ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित कभर्ड हलमा हुनेछ ।

प्रतियोतिगको दुवैतर्फका विजेताले एक लाख ५० हजार तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP