बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

बिएमसीए कप बास्केटबल बुधबारदेखि हुने

काठमाडौं । बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसीए) को आयोजनामा प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितमा सिनियर ब्वाइजतर्फ २७, सिनियर गर्ल्सतर्फ १६ र जुनियर ब्वाइजतर्फ १० टोली सहभागी छन् । सिनियर ब्वाइजलाई आठ, सिनियर गर्ल्सलाई चार र जुनियर ब्वाइजलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट पद्धतीमा खेल खेलाइने छ ।

तीनै विधाका विजेताले १५ हजार तथा उपविजेताले १० हजार रुर्पयाँ प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ ‘मोस्ट भेलुएबल प्लेयर’, उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र सर्वाधिक स्कोरकर्तालाई पनि पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताका खेलहरु आयोजकै कोर्टमा खेलाइने छ । ११ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल एक सय १० खेल हुनेछ ।