बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

बिएनए कपः भ्याली पब्लिक क्वार्टरफाइनलमा

काठमाडौं । सिनियर गर्ल्समा दोहोरो जित निकाल्दै भ्याली पब्लिकले छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ  ।

भ्याली पब्लिकले पृथ्वीमाथि २८-१५ तथा ग्रिनल्यान्डमाथि ३०-१० को जित निकाल्यो। विजेता टोलीका लागि पहिलो खेलमा लोरिशा गौचनले १० तथा दोस्रो खेलमा अनिता गुरुङले ११ अंक जोडे ।

सिनियर गर्ल्समै नेपाल मोडेलले लालिगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १५-११, फेरिल्यान्डले बेल मोन्टलाई २४-१० र काठमाडौं ग्लोबलले ह्वाइट माउन्टेनलाई १४-११ ले पाखा लगाउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

 नेपाल मोडेलकी चुनिमा गुरुङले आठ फेरिल्यान्डकी स्नेहा महतले १० र काठमाडौं ग्लोबलकी नेम्का हमालले पाँच अंक जोडे ।

यसैगरी स्किब्स र इडेन ब्रिज एकेडेमी(इबिए) जुनियर ब्वाइजमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

स्किब्सले शुक्रबार फेरिल्यान्डलाई १३-११ ले पराजित गरेको हो। स्किब्सको जितमा सुहान तामाङले नौ स्कोर गरे । निकेश मगरको सात अंकको सहयोगमा इबिएले सेबलाई १६-९ ले हरायो ।

सिद्धार्थ पनि ग्रिनल्यान्डलाई १३-१० ले पाखा लगाउदै क्वार्टरफाइनलमा पुग्यो सिद्धार्थका सविन तामाङले पाँच अंक जोडे ।

सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा नेपाल मोडेलले काठमाडौं ग्लोबललाई १३-७ ले हरायो।