बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

आयोजक बिएनए क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा  क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बसुन्धरास्थित आफ्नै कोर्टमा बिहिबार काठमाडौं ग्लोबललाई १९-१४ ले पराजित गर्दै बिएनए समूह ‘ए’ को विजेता बन्यो । बिएनएकी स्मृति खत्रीले १३ स्कोर गरिन् ।

सिनियर गर्ल्समै लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले स्किब्सलाई २०-१२ तथा एचएचसीएले बेल मोन्टलाई २९-१४ ले हराए । एलएनएकी सदिक्षा गुरुङ तथा एचएचसीएकी सरा राईले समान आठ स्कोर गरे ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले सेबलाई २०-१०, गोल्डेनपिकले पारामाउन्टलाई २२-७, ओडिसीले ग्रिनल्यान्डलाई १७-१४ र स्किब्सले एचएचसीएलाई १९-१० ले पाखा लगाए । एन्जल्स हार्टका रुपेश पौडेलले नौं, गोल्डेनपिकका अमन गुरुङले १०, ओडिसीका सुहान तामाङले सात र स्किब्सका सोहन ठकुरीले आठ अंक जोडे ।

सिनियर ब्वाइजतर्फ थ्री बाइ थ्रीको एक मात्र प्रतिस्पर्धामा ओडिसीले काठमाडौं ग्लोबलमाथि १३-८को जित निकाल्यो ।