
काठमाडौं । बुद्ध एकेडेमी दोस्रो गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा गोरक्ष स्पोर्टिङ क्लबको संयोजनमा भएको प्रतियोगिताको फाइनलमा बुद्धले सर्वनाम शिक्षालयलाई पराजित गर्दै उपाधी जितेको हो ।
यसैगरी एकता जेम्स स्कुलले तेश्रो स्थान हासिल गरेको छ ।
फाल्गुन १७ गतेदेखि गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित बुद्ध एकेडमीमा भएको प्रतियोगितामा बुद्ध एकेडमीकै जोन पाख्रिन सर्वाधिक स्कोरकर्ता बने । इस्टपोल मावि अनुशासित टोली घोषित भयो ।
विजेतालाई गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक सञ्जय लामा, नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडा अध्यक्ष नारायणबहादुर सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए ।