बर्नहार्ट कप

उपाधिका लागि टाइम्स र रातो बंगला भिड्ने

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज र रातो बंगला १० औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् ।

बल्खुस्थित आयोजक बर्नहार्ट कलेजको कोर्टमा टाइम्सले शुक्रबार नवोदितलाई ६१-४५ ले पराजित गरेको हो । टाइम्सको जितमा सिमोनले २३ अंक योगदान गरे । आर्भन श्रेष्ठको २२ अंक सहयोगमा रातो बंगलाले सिसीआरसीलाई ६९-५६ ले हरायो ।

गर्ल्समा गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेजले फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । फाइनल आइतबार हुनेछ ।