माघ १४, २०८२ बुधबार | १४:३६:२९
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा पुष्पालाई स्वर्ण

फाइल फोटो

काठमाडाैं । आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा स्वर्ण जितेकी छन् ।

पुष्पाले शुक्रबार बंगलादेशको ढाकामा सम्पन्न म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा २ घण्टा ४८ मिनेट २ सेकेण्डमा दाैड पूरा गर्दै  स्वर्ण जितेकी हुन् ।

पुष्पाले सन् २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा राखेको २ घण्टा ५० मिनेट ११ सेकेण्डको आफ्नै राष्ट्रिय कीर्तिमानलाई २ मिनेट ९ सेकेण्डले सुधार गरेकी हुन् ।

याे स्पर्धामा श्रीलंकाकी मधुमाला परेरा दोस्रो हुँदा नेपालकै विन्द्रा धानके श्रेष्ठ तेस्रो भएका छन् । मधुमालाले २ घण्टा ४८ मिनेट २२ सेकेन्ड तथा विन्द्राले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दौड पूरा गरे ।

 बंगबन्धु शेख मुजिम ढाका म्याराथनको २०२१ संस्करणकाे  पनि स्वर्ण पदक विजेता पुष्पाले  २०२२ मा  भने कास्य पदक जितेकी थिइन् ।

उपाधिसँगै पुष्पाले ५ लाख टाका (बंगलादेशी मुद्रा) तथा तेस्रो भएकी विन्द्राले ३ लाख टाका पुरस्कार प्राप्त गरेका छन् ।

यता पुरुषतर्फ हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले कांस्य जिते ।  म्याराथनमा सन्तोषविक्रम विष्ट चौथो तथा किरण सिंह बोगटी सातौं  स्थानमा रहे । 

महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ चौथो,राजपूरा पछाई पाँचौं र रेखा विष्ट आठौं स्थानमा रहे ।

नेपालबाट म्याराथनमा तीन पुरुष र दुई महिला तथा हाफ म्याराथनमा दुई पुरुष र तीन महिला गरी १० खेलाडीले सहभागिता जनाएका थिए ।

 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate