चैत्र १३, २०८२ शुक्रबार | ०३:१०:२७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा पुष्पालाई स्वर्ण

फाइल फोटो

काठमाडाैं । आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा स्वर्ण जितेकी छन् ।

पुष्पाले शुक्रबार बंगलादेशको ढाकामा सम्पन्न म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा २ घण्टा ४८ मिनेट २ सेकेण्डमा दाैड पूरा गर्दै  स्वर्ण जितेकी हुन् ।

पुष्पाले सन् २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा राखेको २ घण्टा ५० मिनेट ११ सेकेण्डको आफ्नै राष्ट्रिय कीर्तिमानलाई २ मिनेट ९ सेकेण्डले सुधार गरेकी हुन् ।

याे स्पर्धामा श्रीलंकाकी मधुमाला परेरा दोस्रो हुँदा नेपालकै विन्द्रा धानके श्रेष्ठ तेस्रो भएका छन् । मधुमालाले २ घण्टा ४८ मिनेट २२ सेकेन्ड तथा विन्द्राले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दौड पूरा गरे ।

 बंगबन्धु शेख मुजिम ढाका म्याराथनको २०२१ संस्करणकाे  पनि स्वर्ण पदक विजेता पुष्पाले  २०२२ मा  भने कास्य पदक जितेकी थिइन् ।

उपाधिसँगै पुष्पाले ५ लाख टाका (बंगलादेशी मुद्रा) तथा तेस्रो भएकी विन्द्राले ३ लाख टाका पुरस्कार प्राप्त गरेका छन् ।

यता पुरुषतर्फ हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले कांस्य जिते ।  म्याराथनमा सन्तोषविक्रम विष्ट चौथो तथा किरण सिंह बोगटी सातौं  स्थानमा रहे । 

महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ चौथो,राजपूरा पछाई पाँचौं र रेखा विष्ट आठौं स्थानमा रहे ।

नेपालबाट म्याराथनमा तीन पुरुष र दुई महिला तथा हाफ म्याराथनमा दुई पुरुष र तीन महिला गरी १० खेलाडीले सहभागिता जनाएका थिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो