माघ १७, २०८२ शनिबार | ०७:४५:४४
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

खड्कबहादुर र सन्तोषी च्याम्पियन

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले शनिबार नेपालगञ्ज म्याराथनअन्तर्गत पुरुष म्याराथन र महिला हाफ म्याराथनको उपाधि जितेका छन् ।

खडकबहादुरले २ घन्टा २० मिनेट २८ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण पदक जित्दा आर्मीकै नरेन्द्र रावत २ घन्टा २२ मिनेट २९ सेकेन्डको टाइमिङका साथ दोस्रो भए । यसैगरी आर्मीकै मोहनदेव जोशी २ घन्टा २४ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए ।

खड्कबहादुरले नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउँदा उपविजेता नरेन्द्रले ६० हजार र तेस्रो भएका मोहनदेवले ३० हजार रुपैयाँ हासिल गरेको आयोजकले जनाएको छ ।

महिला हाफ म्याराथनमा सन्तोषीले उपाधि जित्दा निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पूरा गरेकी थिइन । अन्जली चौहानी एक घन्टा २५ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुँदा एक घन्टा ३६ मिनेट ४४ सेकेन्डमा निर्धारित दुरी पार गरेकी अञ्जु खड्का तेस्रो भइन ।

महिला हाफ म्याराथनमा विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पाएको बताइएको छ ।

यसैगरी १० किलोमिटर खुला पुरुषतर्फ मुकेश पाल प्रथम, भुवन राना द्धितीय र सुनिल रम्जाली तेस्रो भए । शीर्ष तीन स्थान हासिल गर्नेले ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

५ किलोमिटर खुल्ला महिलतार्फ पुलिसकी राजपुरा पछाई प्रथम, राममाया बुढा दोस्रो र विमला कार्की तेस्रो भए । सबै विधामा शीर्ष तीन स्थान हासिल गर्नेलाई नगद पुरस्कारबाट सम्मानित गरिउको बताइएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।