चैत्र १२, २०८२ बिहीबार | २१:०५:१३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

१०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण

गोल्डेन एथलेटिक्स मिटका पदक विजेता

काठमाडौं । एपिएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको १०० मिटर दौडमा सोमबार स्वर्ण पदक जितेका छन् । शिवराज पुरुष र निशा महिलामा पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शिवले निर्धारित दूरी ११.० सेकेन्डमा तय गरे । नेपाल आर्मीका उपेन्द्र सुनार दोश्रो तथा नेपाल प्रहरीका अरुण महतो तेश्रो स्थानमा रहे ।

यसैगरी निशाले निर्धारित दूरी तय गर्न १२.५ सेकेन्ड लगाइन्। आर्मीका जयरानी थारु दोश्रो तथा सरस्वती चौधरीले तेश्रो स्थान हासिल गरे ।

एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगिताअन्तर्गत हाइजम्पको पुरुषमा आर्मीका सूर्यबहादुर खत्रीले  १.७०मिटर तथा महिलामा विन्दु थनेतले १.३८ मिटरका साथ स्वर्ण  पदक चुमे ।

१० हजार मिटर दौडको पुरुषमा आर्मीका सञ्जय श्रेष्ठ ३२ मिनेट ०९.१ सेकेन्डर महिलामा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने ४० मिनेट ४३१ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक हात पार्न सफल भए ।

यस्तै १ हजार ५०० मिटर दौडको पुरुषमा प्रहरीका नागेश्वर ऐरले ४ मिनेट १०.१ सेकेन्ड र महिलामा प्रहरीकी सुमित्रा चौधरीले ५ मिनेट ०१.९० सेकेन्डका साथ स्वर्ण पदक जिते ।

त्रिपलजम्पको पुरुषमा आर्मीका डिल्ली खत्री १३.८५ मिटर र महिलामा प्रहरीकी सिमाकुमारी चौधरी १.०० मिटर, ४०० मिटर दौडको पुरुषमा आर्मीका प्रकाश दनुवार ४९६१ सेकेन्ड र महिलामा आर्मीकी सरस्वती थारु ६०.८१ सेकेन्डको समय निकाल्दै पहिलो स्थानमा रहे ।

यसैगरी ११० मिटर बाधा दौडको पुरुषमा आर्मीका जीवन थारुले १५.६३ सेकेन्ड, १०० मिटर बाधा दौडको महिलामा आर्मीकी जयरानी थारु १५.१६ सेकेन्ड तथा डिस्कस थ्रोको पुरुषमा आर्मीका विनोद राई ३८.६७ मिटर र महिलामा आर्मीकै अमृता महतो ३४.४६ का साथ स्वर्ण पदक जित्न सफल भए ।

भेट्रान पुरुषको ५ हजार मिटर दौडमा रेवनबहादुर दाहाल तथा महिलाको ३ हजार मिटर दौडमा शर्मिला बस्नेत पहिलो स्थानमा रहे ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरे ।

५२ स्पर्धा समावेश प्रतियोगितामा ५७५ खेलाडीको सहभागिता रहेको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो