चैत्र ६, २०८२ शुक्रबार | ०८:०१:५३
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

कीर्तिपुरमा आमा दौड हुने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) मा  एनआरएस स्पोर्टस फाउण्डेसनले कीर्तिपुर नगरपालिकाको सहकार्यमा कीर्तिपुरमा आमा दौड आयोजना गर्ने भएको छ । 

कीर्तिपुर नगरपालिका कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष आमाहरुलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको बताए । फागुन २५ गते हुने दौड ५ र ३ किलोमिटर हुनेछ ।

कीतिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले आमा दौड आफैमा नयाँ प्रयोग हुने भएकाले यसले हरेक परिवारमा प्रभाव पार्ने बताए । मेयर नकर्मी र फाउन्डेसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले दौड आयोजनाको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

एसियाली खलकुदकी कांस्य पदक तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले आमाहरुले आफ्नो लागि पनि समय निकाल्नु पर्छ भन्ने सन्देश दिनका लागि आमा दौड प्रभावकारी हुने बताइन्।

कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले आमा दौडमार्फत नगरपालिकाको परिचय दिनका लागि पनि सहयोगी हुने विश्वास लिएको बताएकी छन् ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले आमा दौडको आयोजना आफैमा उदाहरणीय हुने विश्वास लिएको बताए । 
दौडका क्रममा कीर्तिपुरको पर्यटन प्रबन्ध र स्थानिय खानाको प्रबद्र्धनका लागि फुड फेस्टिबलमा गरिने बताइएको छ ।

नाम आमा दौड भएपनि दौडमा जो कोहिले पनि भाग लिन सक्ने र त्यसका लागि दर्ता शुल्क ३ सय रुपैयाँ लाग्ने फाउन्डेसनले जानकारी दिएको छ । कीर्तिपुर नगरपालिकाले दौडमा भाग लिने आफ्ना नगरका ३ सय जनाको दर्ता शुल्क ब्यहोर्ने पनि मेयर नकर्मीले जानकारी दिए ।

फाउन्डेसनका अध्यक्ष श्रेष्ठले यस पटकको आयोजना सफल भएको खण्डमा हरेक वर्ष आमा दौडलाई भाग लिन सक्ने बताइएको छ । फाउन्डेसनले यसलाई प्रतिस्पर्धा भन्दा पनि आमाहरुको जागरुक गराउन आयोजना गरिएको जनाएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो