चैत्र ९, २०८२ सोमबार | ०६:२८:२७
साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध

राष्ट्रिय मिक्स रिलेः आर्मीलाई स्वर्ण

काठमाडौं । आर्मीका सिर्जना पाण्डे, गजेन्द्र राई, पूर्णलक्ष्मी न्यौपाने र मुकेश पालको टोलीले राष्ट्रिय मिक्स रिले दौडमा शनिबार स्वर्ण पदक जितेको छ । 

कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सम्मानमा एथलेटिक्स परिवार नेपालद्धारा आयोजित प्रतियोगितामा आर्मीले निर्धारित १० किलोमिटर दूरी  ३२ मिनेट ५८.८६ सेकेन्डमा पूरा गर्यो । एक टिमबाट समान २ पुरुष/ महिला  खेलाडी दौडेका थिए । प्रत्येक खेलाडीले २.५ किलोटिमर तय गर्नुपर्ने थियो ।

नेपाल प्रहरीका राममाया बुढा, सन्तोषनाथ योगी, सुमित्रा चौधरी र नागेश्वर अहिर ३३ मिनेट ४५.५६ सेकेन्डका साथ दौड पूरा गर्दै दोश्रो भए । ३४ मिनेट २२.७३ सेकेन्डमा दौड पूरा गरेका फुलमती राना, सन्जिव नेपाली, सिमा चौधरी र राजेन्द्र तामाङसम्मिलित एपिएफ  तेश्रो भयो । शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ३२ हजार, २४ हजार र १६ हजार रुपैयाँ प्राप्त गरे ।

आर्मीका गजेन्द्र पुरुष खुला ५ किलोमिटर दौडमा पनि स्वर्ण जित्न सफल भए । उनले निर्धारित दूरी १६ मिनेट १०.९२ सेकेन्डमा तय गरे । रजत र कांस्य पदक पनि आर्मीकै खेलाडीले जिते । मुकेश पाल १६ मिनेट १२.४२ सेकेन्डका साथ  दोश्रो तथा सञ्जय श्रेष्ठ १६ मिनेट १६.८३ सेकेन्डको समय निकैदै  तेश्रो स्थानमा रहे ।

सो स्पर्धाको महिलामा प्रहरीकी राममाया बुढा पहिलो भइन् । राममायाले १८ मिनेट ५६.३५ सेकेन्ड समय निकालिन् । आर्मीकी पूर्णलक्ष्मी ९१९ मिनेट १५.४८ सेकेन्डका सथ  दोश्रो तथा आर्मीकै सिर्जना १९ मिनेट ४०.८५ सेकेन्डको समय निकाल्दै  तेश्रो भए । 

पुरुष/महिला दुवैमा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले ५ हजार रुपैयाँ हात पारे । खुलासहित मिक्स रिलेमा चौथोदेखि दसौं स्थानमा रहनेलाई पनि नगदबाट पुरस्कृत गरिएको थियो ।

भेट्रान पुरुष ४१ देखि ५० वर्ष उमेरसमूहको ५ किलोटिमर दौडमा च्यासलका राकेश महर्जन पहिलो, चापागाउँका नारायण देशार दोश्रो र काठमाडौंका मनिनकुमार महर्जन तेश्रो बने । पुरुष ५१ वर्षमाथि ५ किलोमिटर दौडमा कीर्तिपुरका धर्म महर्जनले स्वर्ण, दाङका भीमबहादुर गुरुङले रजत र काठमाडौंका रेवतबहादुर दाहालले कांस्य हात पारे ।

भेट्रान महिला ३५ वर्षमाथि ५ किलोमिटर दौडमा एपीएफकी कृष्णेश्वरी सिन्तकला पहिलो, थानकोटकी सर्मिला बस्नेत दोश्रो र बालाजुकी विनिता महर्जन तेश्रो स्थानमा रहे ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

सो अवसरमा एथलेटिक्स परिवार नेपालले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धरलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरेको थियो ।

यसैगरी  एसियाली क्रसकन्ट्री एथलेटिक्सका स्वर्ण विजेता दीपक अधिकारीलाई पनि एथलेटिक्स परिवार नेपाल र बैकुण्ठ मानन्धर खेलकुद नेपालले समान १० हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको  थियो ।

प्रतियोगितामा ६ स्पर्धा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । आयोजकका अनुसार २ लाख ८० हजार नगद पुरस्कार वितरण गरियो । मिक्स रिले नेपालमै पहिलोपटक आयोजना गरिएको अध्यक्ष खत्रीले बताए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो