चैत्र १३, २०८२ शुक्रबार | ०४:५५:४२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एसियाली पारा खेलकुदः सुरज समग्रमा १० औं स्थानमा

काठमाडौं । चीनको हाङझाउमा भइरहेको चौथो एसियाली पारा खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ४ सय मिटर दौड ( टि ४७)  को आफ्नो हिटमा नेपालका सुरज भार शुक्रबार छैटौं भएका छन् ।

एचओसी रंगशालमा सुरजले निर्धारित दूरी १ मिनेट ०७.२० सेकेन्डमा पूरा गरे । उनको हिटमा ७ जना सहभागी थिए । समग्र हिटको नतिजामा भने सुरज सहभागी १३ मध्ये १० औं स्थानमा रहे । 

चीनका वाङताउ, जापानका युदाइ सुजुकी र उज्वेकिस्तानका मरुफजोन डिस्क्वालिफाइ भए । उनी फाइनल चरणका लागि छनोट भएनन् ।

शुक्रबारै नेपालका दुई पौडीवाजले प्रतिस्पर्धा गरेकोमा दुवै हिट चरणमै रोकिए ।

एचओसी एक्वेटिक सेन्टरमा भएको पुरुष ५० मिटर फ्रि-स्टायलको एस ७ मा रमेश खत्री आफ्नो हिटमा पाँचौं भए । उनले ४८.११ सेकेन्डको समय निकालेका थिए ।

समग्रमा रमेश १० औं स्थानमा रहे । १२ प्रतिस्पर्धी सहभागी स्पर्धामा रमेशले भारतका झादव सुयाश नारायण तथा अफ्गानिस्तानका पर्वानी अघा खनालाई पछि पारे ।

महिला ५० मिटर फ्रि-स्टायलको एस ६ मा जेनिशा कडायत आफ्नो हिट तथा समग्रमा पनि अन्तिम स्थानमा रहिन् । आफ्नो हिटमा सातौं र समग्रमा १३ औं भएकी जेनिशाले १ मिनेट ३६.१४ सेकेन्डमा निर्धारित दूरी सकाइन् ।

यससँगै जारी एसियाली पार खेलकुदमा नेपालको सम्पूर्ण खेल सम्पन्न भएको छ । नेपालबाट विभिन्न १० खेलमा १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

तेक्वान्दोकी पलेशा गोवर्धनले नेपाललाई पदकविहीन हुनबाट जोगाउने क्रममा ऐतिहासिक कांस्य पदक जितिन् । पलेशाले जितेको पदक नेपालले कुनै पनि एसियाली पारा खेलकुदमा जितेको पहिलो पदक पनि हो । विगतका तीन संस्करणमा तेक्वान्दो समावेश थिएन ।

एसियाली पार खेलकुद शनिबार सम्पन्न हुँदै छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो