माघ १८, २०८२ आइतबार | १०:५८:०२
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एसियाली पारा खेलकुदः सुरज समग्रमा १० औं स्थानमा

काठमाडौं । चीनको हाङझाउमा भइरहेको चौथो एसियाली पारा खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ४ सय मिटर दौड ( टि ४७)  को आफ्नो हिटमा नेपालका सुरज भार शुक्रबार छैटौं भएका छन् ।

एचओसी रंगशालमा सुरजले निर्धारित दूरी १ मिनेट ०७.२० सेकेन्डमा पूरा गरे । उनको हिटमा ७ जना सहभागी थिए । समग्र हिटको नतिजामा भने सुरज सहभागी १३ मध्ये १० औं स्थानमा रहे । 

चीनका वाङताउ, जापानका युदाइ सुजुकी र उज्वेकिस्तानका मरुफजोन डिस्क्वालिफाइ भए । उनी फाइनल चरणका लागि छनोट भएनन् ।

शुक्रबारै नेपालका दुई पौडीवाजले प्रतिस्पर्धा गरेकोमा दुवै हिट चरणमै रोकिए ।

एचओसी एक्वेटिक सेन्टरमा भएको पुरुष ५० मिटर फ्रि-स्टायलको एस ७ मा रमेश खत्री आफ्नो हिटमा पाँचौं भए । उनले ४८.११ सेकेन्डको समय निकालेका थिए ।

समग्रमा रमेश १० औं स्थानमा रहे । १२ प्रतिस्पर्धी सहभागी स्पर्धामा रमेशले भारतका झादव सुयाश नारायण तथा अफ्गानिस्तानका पर्वानी अघा खनालाई पछि पारे ।

महिला ५० मिटर फ्रि-स्टायलको एस ६ मा जेनिशा कडायत आफ्नो हिट तथा समग्रमा पनि अन्तिम स्थानमा रहिन् । आफ्नो हिटमा सातौं र समग्रमा १३ औं भएकी जेनिशाले १ मिनेट ३६.१४ सेकेन्डमा निर्धारित दूरी सकाइन् ।

यससँगै जारी एसियाली पार खेलकुदमा नेपालको सम्पूर्ण खेल सम्पन्न भएको छ । नेपालबाट विभिन्न १० खेलमा १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

तेक्वान्दोकी पलेशा गोवर्धनले नेपाललाई पदकविहीन हुनबाट जोगाउने क्रममा ऐतिहासिक कांस्य पदक जितिन् । पलेशाले जितेको पदक नेपालले कुनै पनि एसियाली पारा खेलकुदमा जितेको पहिलो पदक पनि हो । विगतका तीन संस्करणमा तेक्वान्दो समावेश थिएन ।

एसियाली पार खेलकुद शनिबार सम्पन्न हुँदै छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।