चैत्र १८, २०८२ बुधबार | १२:२७:१०
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथन हुने

काठमाडौं । ‘इन्टरनेसन डे अफ स्पोर्टस फर डेभलेपमेन्ट एन्ड पिस २०२३’ अन्तर्गत यस वर्ष अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथन हुने भएको छ ।

 लुम्बिनीमा कार्यक्रम आयोजनाका लागि बुधबार नेपाल ओलम्पिक कमिटी तथा लुम्बिनी प्रदेश खेलकुद परिषदबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  

सम्झौता पत्रमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले हस्ताक्षर गरे । 

सम्झौता अनुसार गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्येक वर्ष अप्रिल ६ मा  अन्तर्राष्ट्रिय पिस म्याराथनको आयोजना गरिनेछ । भविष्यमा यसमा थप अन्य दौड पनि समावेश गरिनेछ ।

कार्यक्रमको सञ्चालनका लागि प्रदेश खेलकुद परिषदले २० लाख रुपैंया उपलब्ध गराउनेछ । अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त म्याराथन आयोजनाका लागि दुवै पक्षले प्रायोजकका लागि पनि थप प्रयास गर्नेछ । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले म्याराथनको आयोजनाले लुम्बिनीको प्रवद्र्धन तथा प्रचार प्रसारमा अझ मद्दत पुग्ने विश्वास राखेको बताए ।  

सन् २०१३ मा संयुक्त राष्ट्र संघको घोषणा अनुसार प्रत्येक वर्ष जुलाई ६ मा विश्वभरी इन्टरनेसन डे अफ स्पोर्टस फर डेभलेपमेन्ट एन्ड पिसको आयोजना हुँदै आएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो