माघ १७, २०८२ शनिबार | १९:१४:०७
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथन हुने

काठमाडौं । ‘इन्टरनेसन डे अफ स्पोर्टस फर डेभलेपमेन्ट एन्ड पिस २०२३’ अन्तर्गत यस वर्ष अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथन हुने भएको छ ।

 लुम्बिनीमा कार्यक्रम आयोजनाका लागि बुधबार नेपाल ओलम्पिक कमिटी तथा लुम्बिनी प्रदेश खेलकुद परिषदबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  

सम्झौता पत्रमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले हस्ताक्षर गरे । 

सम्झौता अनुसार गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्येक वर्ष अप्रिल ६ मा  अन्तर्राष्ट्रिय पिस म्याराथनको आयोजना गरिनेछ । भविष्यमा यसमा थप अन्य दौड पनि समावेश गरिनेछ ।

कार्यक्रमको सञ्चालनका लागि प्रदेश खेलकुद परिषदले २० लाख रुपैंया उपलब्ध गराउनेछ । अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त म्याराथन आयोजनाका लागि दुवै पक्षले प्रायोजकका लागि पनि थप प्रयास गर्नेछ । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले म्याराथनको आयोजनाले लुम्बिनीको प्रवद्र्धन तथा प्रचार प्रसारमा अझ मद्दत पुग्ने विश्वास राखेको बताए ।  

सन् २०१३ मा संयुक्त राष्ट्र संघको घोषणा अनुसार प्रत्येक वर्ष जुलाई ६ मा विश्वभरी इन्टरनेसन डे अफ स्पोर्टस फर डेभलेपमेन्ट एन्ड पिसको आयोजना हुँदै आएको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।