नेपालमा रग्बी

नेपालले भारतलाई हरायो

काठमाडौं । एसिया रग्बी यु–१८ प्रतियोगिताअन्तर्गत शनिबार पुरुषतर्फ आयोजक नेपालले पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न तेस्रो खेलमा नेपालले भारतमाथि १२–१० को रोमाञ्चक जित निकालेको हो ।

यसअघि पहिलो खेलमा थाइल्यान्डसँग १५–७ ले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ३४–० ले नतिजा सुम्पिएको थियो ।

भारतको पनि यो दोस्रो पराजय हो।  पहिलो खेलामा मलेसियासँग १४–५ ले स्तब्ध भएको भारतले दोस्रो खेलमा थाइल्यान्डलाई २९–० ले पराजित गरेको थियो ।

पुरुषतर्फ नै युएईले दक्षिण कोरियामाथि २४–७ र बंगलादेशमाथि ८१–० को जित निकाल्यो । त्यस्तै चाइनिज ताइपेले बंगलादेशलाई ७०–० ले निराश पार्दा दक्षिण कोरियाले बंगलादेशलाई ८१–० र चाइनिज ताइपेलाई १७–१२ ले स्तब्ध बनायो । मलेसियाले पनिथाइल्यान्डमाथि १७–० को जित निकाल्यो ।

महिलातर्फ पनि नेपालले थाइल्यान्डसँग ३९–० र युएईसँग ४१–० को हार ब्यहोरेको छ । त्यस्तै भारतले मलेसियालाई ५८–० र थाइल्यान्डलाई २६–१२ ले पराजित गरेको छ ।

आइतबारसम्म सञ्चालन हुने प्रतियोगितमा पुरुषतर्फ नेपाल,भारत,बंगालादेश थाइल्यान्ड मलेसिया,दक्षिण कोरिया,युएई र चाइनिज ताइपे तथा महिलातर्फ नेपाल,मलेसिया,भारत,युएई र मलेसियाको सहभागिता छ ।