फाल्गुन २९, २०८१ बिहीबार | ०२:४५:२२
थ्री स्टारले जित्याे विराट गोल्डकपको उपाधि आइजिपी कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा जेभियर च्याम्पियन फ्रेन्च खेलाडी भिन्सेन्ट कोजिएलो काठमाडौंमा अनुबन्ध राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिए सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकरभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने थ्री स्टारले जित्याे विराट गोल्डकपको उपाधि आइजिपी कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा जेभियर च्याम्पियन फ्रेन्च खेलाडी भिन्सेन्ट कोजिएलो काठमाडौंमा अनुबन्ध राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिए सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकरभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने

एसियन जोनल ३.२ चेस च्याम्पियनसिपमा तीन नेपाली खेलाडी

श्रीलंका जाने चेस खेलाडीको बिदाइ गरिदै ।

काठमाडौं । श्रीलंका चेस महासंघको आयोजनामा हुने एसियन जोनल ३.२ चेस च्याम्पियनसिपमा सहभागीता जनाउन नेपाली टोली श्रीलंकातर्फ प्रस्थान गरेको छ ।

राष्ट्रिय च्याम्पियन एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीको सम्पूर्ण खर्च नेपाल बुद्धिचाल महासंघले बेहोर्ने छ । यस्तै पुरुषोत्तम सिलवालले भने दर्ता शुल्क बाहेक अन्य आफ्नै खर्चमा सहभागिता जनाउने छन् ।

विश्व फुटबल महासंद्ध (फिडे) र एसियन चेस महासंघ (एसिएफ) को मान्यता प्राप्त प्रतियाेगितामा आयोजक श्रीलंकासहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । प्रतियोगिता कोलम्बोस्थित फ्याकल्टि अफ ग्राजुएट स्टडिज युनिभर्सिटीको हलमा ११ मार्च देखि १८ मार्च सम्म सञ्चालन हुनेछ।

 प्रतियोगितामा पुरुषतर्फ ३६ तथा महिलातर्फ २१ खेलाडी सहभागी छन् ।  ९ चरण स्टान्डर्ड क्लासिकल खेलको पहिलो ४० चालका लागी ९० मिनेटको समय निर्धारण गरिएको छ । यस्तै ३० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्ड थप हुने  नेपाल बुद्धिचाल महासंघप्रवक्ता राजु ताम्राकारले जानकारी गराएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ शीर्ष पाँचले क्रमशः १ हजार ५००, १ हजार, ५००, ३००, २०० र १५० अमेरिकी डलर प्राप्त गर्नेछन् । यस्तै महिलातर्फका शीर्ष पाँचले १ हजार, ६००, ४००, २५० र १०० अमेरिकी डलर  पाउने छन् ।

सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीलाई बिदाइ गरेका छन् ।

बिदाइ कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरम बहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, सदस्य प्रतिमा महत, शुशिला गुरुङ, फिडे आर्विटर सोराज ताम्राकार लगायतको उपस्थिति थियो ।


भिडियो
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL
SHREE BHAGAWATI CLUB सँग बढुवा बाहेकको विकल्प छैन TEAM PROFILE I Martyr's Memorial B Division league
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC