भाद्र २३, २०८१ आइतबार | ०६:४७:१९
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षक नगदसहित सम्मान गरेको छ।

मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवमा टंकलाल घिसिङ र युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याले उनीहरूलाई आइबार सम्मानित गरे ।

क्रिकेट , कबड्डी , कराते र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले पुरस्कारबापत २ करोड ९७ लाख १० हजार रुपैयाँ पाएका हुन्।

आइसिसी पुरुष ट्वान्टी २० विश्वकप एसिया छनोटमा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कूल २ करोड ४ लाख ७५ हजार रुपैयाँ  पुरस्कार प्राप्त गर्यो । जसमा १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देसाइले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार रुपैयाँ  प्राप्त गरे ।

कराते टोली

१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्याले १ लाख ९५ हजार रुपैयाँ पाए।

एसियाली खेलकुदमा नै कबड्डीमा कांस्य पदक जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार  रुपैयाँ प्राप्त गरे।

यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गरेकी छिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामालाई २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई १ लाख ३० हजार प्राप्त रुपैयाँ प्रदान गरियो ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024