भाद्र २३, २०८१ आइतबार | ०५:०५:४१
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

राष्ट्रिय चेस च्याम्पियनसिप शनिबारदेखि हुने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा राष्ट्रिय चेस च्याम्पियनसिप  शनिबारदेखि हुने भएको छ ।

आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १९ देखि २४ गतेम्म हुने जानकारी गराएको हो ।  

काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा ६ दिनसम्म चल्ने च्याम्पियनसिपमा खुल्ला र  महिला गरी दुई विधा समावेश गरिएको छ ।  

खुल्लातर्फ २४औं तथा महिलतर्फ नवौं संस्करण हुने लागेको हो । राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको दुवै विधामा १२ जना खेलाडी सहभागी हुनेछन् ।

यस प्रतियोगिताका लागि केही साताअघि मात्र सम्पन्न भएको राष्ट्रिय ‘बी’ च्याम्पियनसिपबाट पुरुष र महिलातर्फ समान ९  खेलाडी छनोट भएका थिए ।

 पुरुषतर्फ पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ (क्यान्डिडेट मास्टर), ललितपुरका सुरोज महर्जन, झापाका प्रकाशचन्द्र नेपाल, काठमाडौंका प्रेमकृष्ण महर्जन, झापाका राजन सुवेदी, दोलखाका राजिव कार्की र काठमाडौंका श्रुसुरत दाहाल छन् ।

त्यस्तै महिलातर्फ झापाकी कृतिसारा अधिकारी, काठमाडौंकी सिन्दिरा जोशी, रिया श्रेष्ठ, कास्कीकी पूजा भण्डारी, काठमाडौंकी विनिता कपाली, भक्तपुरकी अंशुदिल प्रजापति, झापाकी पूनम प्रसाईं, भक्तपुरकी श्रेया दुवाल र सविना गुज  छन् ।

२३औं राष्ट्रिय प्रतियोगिताका पदक विजेता रुपेश जैशवाल, उपविजेता क्षितिज भण्डारी र सुरवीर लामा तथा सातौं राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत महिलातर्फका विजेता फिडेमास्टर सुजना लोहनी, उप विजेता सुशीला गुरुङ र शान्ति धिमालले पनि यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका चर्चित खेलाडी सुरवीर लामा थाइल्यान्ड र सुजना लोहनी हाल अस्ट्रेलियामा रहेकाले उनीहरुको स्थानमा बैकल्पिक खेलाडीको रुपमा खुल्लातर्फ सुशील चौधरी र प्रसन्न किवनायोले खेल्ने आयोजकले जनाएको छ ।

यस प्रतियोगिताको विजेताले आगामी फिडे जोन ३.२ चेस च्याम्पियनसिप तथा कन्टिनेन्टलमा सहभागीता जनाउन पाउने छन् । 
यसै प्रतियोगिताबाट २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५औं चेस ओलम्पियाडका लागि पुरुषतर्फ तीन र महिलातर्फ चार गरी साता खेलाडी छनोट हुनेछन् ।

नेपाल बुद्धिचाल महासंघका अनुसार चेस ओलम्पियाडमा नेपालकोतर्फबाट महिला र पुरुष दुवैतर्फ समान पाँच खेलाडी सहभागी हुनेछन् ।

वरीयताका आधारमा विवेक लामा र सुजना लोहनी तथा फिडे मास्टर रुपेश जैशवाल २३औं राष्ट्रिय प्रतियोगिताको विजेताका रुपमा यसअघि नै छनोट भइरहेका छन्  ।

प्रत्येक वर्ष आयोजना हुने राष्ट्रिय च्याम्पियनसिपमा शीर्ष तीनमा रहने खेलाडी सीधै अर्को वर्ष हुने प्रतियोगिताका लागि छनोट हुनेछन् । यस्तै अन्य खेलाडीले राष्ट्रिय बी च्याम्पियनसिपमाप्रतिस्पर्धा गर्न पाउनेछन् ।

च्याम्पियनसिपको अनुमानित खर्च १३ लाख ५० हजार छ । च्याम्पियनसिपको मुख्य प्रायोजन दिव्यांश मल्टी प्रोडक्सनले गर्नेछ । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024