वैशाख २६, २०८२ शुक्रबार | ०८:५८:५०
सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा अग्रता जोगाउन नसक्दा अल नासर पराजित सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा अग्रता जोगाउन नसक्दा अल नासर पराजित

‘अल फर बल’ले सुरु गर्यो निःशुल्क फुटबल प्रशिक्षण शिविर

काठमाडौं । गैरनाफामूलक संस्था ‘अल फर बल’ले निःशुल्क फुटबल प्रशिक्षण शिविर सुरु गरेको छ ।

मंसिर ४ गते शनिबारबाट अल फोर बलले महालक्ष्मी नगरपालिकाको सिद्धिपुरस्थित लिजेन्ड फुटसलमा शिविर सञ्चालनमा ल्याएको हो । हप्ताको एक देखि दुई दिनसम्म चल्ने शिविर अलिश महर्जन र रविन महर्जनको प्रशिक्षणमा सञ्चालन हुनेछ ।

नगरपालिका भित्र रहेका १४ सामुदायिक विद्यालयमध्ये अल फोर बलले ४ विद्यालय, श्री भानोदय आधारभूत विद्यालय, श्री महालक्ष्मी माध्यमिक विद्यालय, श्री सिद्धिमंगल माध्यमिक विद्यालय र ललित कल्याण केन्द्र आधारभूत विद्यालयका सम्भावना बोकेका २२ छात्रालाई प्रशिक्षण शिविरमा समावेश गरेको छ ।

शिविर दुई महिनासम्म चल्नेछ । दुई महिनापछि अल फोर बलले (३x३) फुटसल प्रतियोगिता गरेर शिविरको समापन गर्ने योजना बनाएको छ । शनिबार शिविरको पहिलो दिन राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी विक्रम लामाले उपस्थिति जनाएका थिए । त्यहाँ उनले विद्यार्थीसँग आफ्ना अनुभव साटेका थिए ।

‘फुटबल प्रशिक्षण शिविर सञ्चालनमा ल्याएका छौं । अहिलेलाई सिमित विद्यालयका विद्यार्थीलाई मात्र समावेश गरेका छौं । आउने दिनमा हामी नगरपालिकाका सबै १४ वटै सामुदायिक विद्यालयका सम्भावित विद्यार्थीहरुलाई समावेश गर्नेछौं । हामीले यसका लागि नगरपालिकासँग एक चरणको वार्ता गरिसकेका छौं ।’ संस्थाका संस्थापक अध्यक्ष लीना बस्नेतले भनिन् ।

‘सबै युवाका लागि खेलकुद’ मन्ने मूल नारा रहेको यस संस्थाको मुख्य उद्देश्य भनेकै खेलकुदमार्फत युवा नेतृत्वको विकास होस् भन्ने हो ।

अल फर बलले दुई महिनाअघि मात्र सिद्धिपुरस्थित रोयल बास्केटबल सेन्ट्रलको साझेदारीमा निःशुल्क बास्केटबल प्रशिक्षण शिविर आयोजना गरेको थियो । सहभागी विद्यार्थीहरुलाई वर्तमान पुरुष राष्ट्रिय बास्केटबल टोलीका सहायक प्रशिक्षक नृपेश श्रेष्ठ र स्टार खेलाडी विनोद महर्जनले प्रशिक्षण प्रदान गराइरहेका छन् ।

अल फोर बल नेपालका कार्यक्रम निर्देशक राजेन्द्र कुमार देशारले यी शिविरहरुको संयोजन गर्दै आएका छन् । संस्थाका युवा साजदूत रुजुला श्रेष्ठ, प्रणब श्रेष्ठ र आरोन बस्नेतले यसका लागि आवश्यक कोष संकलन गर्दै आएका छन् ।

अल फर बलले नेपाली समुदायका विपन्न वर्गका युवा विद्यार्थीका लागि खेलकुद क्षेत्रमा अवसर प्रदान गरी सुनौलो भविष्य निर्माणमा प्रयत्न गरिरहेको छ ।

यो पनिः https://kheladi.com/others/13627


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP