१९ औं एसियाली खेलकुद

एसियाली खेलकुदः स्क्वासमा अमृत र आरहन्त पराजित

फाइल फोटोः अमृत थापा मगर

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत स्क्वासको पुरुष एकलमा आइतबार  नेपालका अमृत थापा मगर र आरहन्तसिंह सिम्हा पराजित भएका छन् ।

हाङझाउ ओलम्पिक स्पोर्टस सेन्टरमा  कुवेतका अब्दुल्लाह अल्मिजेनसँगको खेल ३-० ले गुमाउँदा अमृतको यात्रा अन्तिम ३२ बाट अगाडि बढ्न सकेन । उनले खेल ११-४, २-११ र ५-११ ले गुमाए ।

आरहन्त मलेसियाका मोहम्मद बिनसँग ३-० ले पराजित हुँदै अन्तिम -३२ बाटै बाहिरिए । उनले खेल ५-११, ३-११ र ३-११ ले स्तब्ध बने ।

यसअघि स्वस्थानी श्रेष्ठ र अमिर ब्लोनको जोडी हङकङका का यी लिन र सि हिम वाङ्गको जोडीसँग २-० को साेझो सेटमा पराजित भएको थियो । नेपालले खेल १-११ र ३-११ ले गुमाएकाे हाे ।

यसैगरी नेपालले मिक्स्ड डबल्समा आजै दक्षिण कोरियासँग दोस्रो खेल खेल्नेछ ।  महिला एकलमा कृष्णा थापाले दक्षिण कोरियाकी जियुन ली र विपना ब्लोनले थाइल्यान्डकी वारित्सरा चुजितसँग प्रतिस्पर्धा गर्नेछन् ।