१९ औं एसियाली खेलकुद

एसियाली खेदकुदः नेपाली रग्बी टोली जितविहिन

फाइल फोटो

काठमाडौं । पहिलो पटक सहभागिता जनाएको नेपाली रग्बी टोली चीनको झाङ्झाउमा जारी १९ औं एसियाली खेलकुदमा जितबिहन बनेको छ ।

हाङझाउ नर्मल युनिभरसिटी चाङ्गकियान एथलेटिक्स फिल्डमा मंगलबार भएको प्लेअफको अन्तिम खेलमा नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८-० ले पराजित भयो ।

प्रतियोगितामा नेपालले ब्यहारेको यो सबैभन्दा ठूलो हार हो । इन्डेपेन्डेन्ट एथ्लेटक टिमले १३ ट्राइ गर्यो ।

यसअघि नेपाल सोमबार प्ले आफमा फिलिपिन्ससँग ५५-० तथा दोस्रो खेलमा थाइल्यान्डसँग ३६-० ले स्तब्ध बनेको थियो ।

यसैगरी आइतबार भएको समूह चरणमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ५५-७, दोस्रो खेलमा नेपालले घरेलु टोली चीनसँग ६५-० र तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानसँग ४१-० ले पराजित भएको थियो ।