१९ औं एसियाली खेलकुद

एसियाली खेलकुदः जुडोका विकाश दोस्रो चरणबाट बाहिरिए

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको जुडोमा नेपालका विकाश विक आइतबार दोस्रो चरणबाट बाहिरिएका छन् ।

साओसान जिम्नाजियमा सम्पन्न पुरुष ६० केजी तौल समूहमा विकाश तुर्किमेनिस्तानका अ‍ैबेक ओमिरोभसँग इप्पोनको / उची-माटाको आधारमा १०-० ले पराजित भए ।

पहिलो चरणमा विकाशले कम्बोडियाका भोल्डम्यार गुचकोभलाई इप्पोन गोल्डेन स्कोरको अधारमा १०-० ले पराजित गरेका थिए ।

यसैगरी देविकामाया श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठको यात्रा भने पहिलो चरणबाट अगाडि बढ्न सकेन । महिला ५२ केजी तौल समूहमा देविकालाई मंगोलियाकी सोसोर्बरम लखगवासुरेनले इप्पोन / काता- गातामेको आधारमा १०-० ले निराश बनाइन् ।

इन्द्र पुरुष ६६ केजी तौल समूहमा हङकङका मार्टिन लुसँग इप्पोन/ कुजुरे-केसा -गातामेको आधारमा १०-० ले पर्दा अगाडि बढ्न सकेनन् ।