
काठमाडौँ । विदशी खेलाडी सम्मिलित क्लब इन्टरनेसनल र आयोजक एनएसआरए ‘ए’ शनिबार एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियनसिपको फाइनल प्रवेश गरेका छन् ।
नेपाल स्क्वास र्याकेट्स संघ एनएसआएको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्लब इन्टरनेसनलले एनएसआरए ‘सी’ लाई तीनै खेलमा हरायो ।
पहिलो खेलमा अस्ट्रेलियाका इशाक बेल हर्बट पासाङ लामा, दोस्रो खेलमा इटालीका रेन्जो एडोर्नोले विकास मगर र तेस्रो खेलमा धिर पुनले राकेश परियारलाई समान ३-० को सोझो सेटमा हराए ।
दोस्रो सेमिफाइनलमा एनएसआरए ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३-० ले स्तब्ध बनायो । पहिलो खेलमा दिपक थापाले प्रवीणवीर कंसाकार, उमित शाक्यले राजेन्द्र शाक्य र दिव्यराज वज्राचार्यले प्रज्व प्रधानलाई समान ३-० को सोझो सेटमा पराजित गरे ।
फाइनलमा धीरले दिव्यराज, रेन्जोले उमित र इशाकले दिपकविरुद्ध खेल्नेछन् ।