अन्तर वडा फुटसलः आयोजक वडा नं २३ प्रिक्वार्टरफाइनलबाट बाहिरियो

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा आयोजक वडा नं २३ प्रिक्वार्टरफाइनलबाट बाहिरिएको छ ।
लैनचौर फुटसल मैदानमा आइतबार वडा नं १४ ले वडा नं २३ लाई १-० ले हराएर क्वार्टरफाइनलमा स्थान बनायो । सो खेलमा मनिष रानाभाटले विजयी गोल गरे ।
आइतबार भएका अन्य खेलमा वडा नं ४, १७ र ३२ ले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । पहिलो खेलमा वडा नं ४ ले वडा नं ९ लाई १-० ले स्तब्ध बनायो । प्रजेश अधिकारीले गरेको एक मात्र गोल वडा नं ४ को जितमा निर्णायक बन्यो ।
दोस्रो खेलमा वडा नं १७ ले वडा २७ लाई १-० ले हरायो । यसैगरी वडा नं ३२ ले वडा नं २२ लाई २–० ले पराजित गरेको थिषे । सो खेलमा विशान्त मगर र जीवन पराजुलीले गोल गरे ।
सोमबार वडा नं १४ ले वडा नं ३२, वडा नं १५ ले वडा न २६, वडा नं ४ ले वडा नं १७ र वडा नं ११ ले वडा नं १३ सँग खेल्नेछन् ।