चैत्र ३, २०८२ मंगलबार | ०५:०८:२३
लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो

झुकेका आँखा नउठाइकनै उनले भने : जय नेपाली खेलकुद

अजय फुयाल

कोभिड १९ को महामारीका कारण देश दुई महिनादेखि निशेधाज्ञाको कहरमा छ । सरकारद्धारा घोषित निशेधाज्ञा र कोभिडको त्रासका कारण अति आवश्यक काममा वाहेक मानिसहरु घरवाहिर निस्किएका छैनन्, घरभित्रै कैदी जीवन विताइरहेका छन् । कोभिडले काग्रेसको समाजवाद र कम्युनिष्‍टहरुको साम्यवाद एकैपटक ल्याइदिएको छ । अर्थात सहिले सबै जना समान छन्, कम्तिमा कोभिडका लागि । 

को धनी, को गरिव । को शक्तिशाली, को कमजोर । कोभिडका लागि सब सम्मै छ । विना भेदभाव यसको संक्रमण फैलिइरहेकै छ, मानिसको ज्यान लिइरहेकै छ । त्यसैले पनि सबजना यसपाली घरमै थुनिएका छन् । गत वर्षजस्तो ‘पासको फुर्ति’ अथवा पहुँचको ‘धाक’ बाटोमा सुरक्षाकर्मीले यसपाली भोग्‍नु परेन होला । 

कोभिडको यही त्रासका कारण मेरो पनि सामाजिक जीवन पूर्ण रुपमा अवरुद्ध भएको छ । आफ्नै छिमेक र टोलमा भएका संक्रमणका व्यथा अनि कल्कलाउँदो उमेरमा साथीभाईलाई यही महामारीका कारण सधैका लागि अलविदा भन्‍नुपरेको भोगाईका कारण म आफैले पनि अत्यन्तै जरुरी नपरी यसपाली प्रेसको स्टिकर टाँसेको गाडी सडकमा निकाल्ने आँट गरेको छैन । दुई महिनाको बीचमा मलामी जानुपर्दा र आफन्तलाई अस्पताल लाने कामका लागि तीन पटक वाहेक मेरो गाडी ग्यारेजबाट निस्किएको छैन । 

छिमेकमा एकजना दमका रोगी काकालाई स्याँ स्याँले सिकिस्त बनायो । एम्बुलेन्सलाई जति फोन गर्दा पनि लागेन । बाध्य भएर आफैले गाडीमा राखेर शिक्षण अस्पताल महाराजगञ्‍ज पुर्‍याउनुपर्‍यो । अस्पताल पुर्‍याएपछि त्यहाँको प्रोटोकलअनुसार सबभन्दा पहिला कोभिड परिक्षण भयो । भाग्यवश काकालाई कोभिड रहेनछ । 

धेरै अघिदेखि नै दमको समस्याले ग्रसित काकालाई भाईहरुले डाक्टरको सल्लाहअनुसार आवश्यकता पर्दा घरमै अक्सिजनको व्यवस्था गर्दै आएका थिए । काकालाई नियमित अक्सिजन दिनुपर्ने भएकाले घरमै पनि दुईवटा ठूला सिलिन्डर राखेका थिए । तर कोभिड महामारीका कारण अक्सिजन सिलिन्डरको हाहाकार भएपछि वडा कार्यालयले ति सिलिन्डर जफत गरेर अस्पताललाई हस्तान्तरण गरिसकेको थियो । 

वडाका प्रतिनिधि आउँदा काकाको अवस्था सामान्य थियो । अक्सिजन लिनुपर्ने थिएन । त्यसैले भाईहरुले पनि राजीखुसी सिलिन्डर दिएका थिए । तर काकालाई अचानक दमले च्यापेपछि समस्या चुलिएको थियो । सामान्य समयमा भए घरमै अक्सिजन दिँदा समस्या टरेर जान्थ्यो होला । तर घरमा अक्सिजन लगाउन नपाएकै कारण अस्पताल लानुपरेको थियो । अनि प्रोटोकलअनुसार कोभिड परिक्षण गर्नुपरेको थियो र घरमै बन्दी जीवन विताइरहेका हामीलाई पनि वाहिरको हावा खाने अवसर जुरेको थियो । 

काकाको पिसिआर भइसकेको थियो । नतिजा आउन केही घण्टा लाग्‍ने बताइएको थियो । नतिजा नआएसम्मका लागि उहाँलाई अक्सिजन दिएर जीवन जोगाउने काममात्र गरिएको थियो । थप उपचार सम्भव भइरहेको थिएन । नतिजा आउन केही घण्टा लाग्‍ने र त्यसपछि मात्र वास्तविक उपचारको प्रक्रिया सुरु हुने बताइएको थियो । त्यसैले काकालाई लिएर अस्पताल गएका हामी (म र काकाको छोरा भाई)सामू प्रतिक्षा गर्नुवाहेकको विकल्प थिएन । कुनै होटल, रेष्टुरा नखुलेकाले चिया वा कफी खाँदै कुर्ने सुविधा पनि कोभिडले दिएको थिएन । 

कानको लोती च्यात्‍ने गरी दोहोरो मास्क लगाएका हामी दाजुभाई (काकाको छोरा र म) पिसिआर नतिजा कुर्दै आकस्मिक कक्षवाहिर सामाजिक दुरी कायम राख्दै बसिरहेका थियौं । अचानक राष्‍ट्रिय खेलकुद परिषदका एक पदाधिकारी मित्र भेटिए । उनको पनि हाम्रो जस्तै मास्कले मुख पूरै ढाकिएको थियो । तथापि पुरानो चिनजान र राम्रै हिमचिमका कारण हामीले एकअर्कालाई पूरा मुख मास्कले ढाकिए पनि चिन्यौं । उनी पनि हामीजस्तै समस्याका कारण सरकारले वैशाख १६ गतेबाट निशेधाज्ञा जारी गरेयता तेस्रो पटक असार ५ गते पहिलो पटक घरवाहिर निस्किएका रहेछन् । 

कुराकानीको सिलसिलामा पहिलो पटक परिषदमा कुनै कामको सिलसिलामा पुगेका उनी दोस्रो पटक घरवाहिर निस्किएको प्रशंगवारे चर्चा भयो । जुन एउटा खेल पत्रकार र खेलप्रेमीको नाताले मेरा लागि अत्यन्तै निराशाजनक र यस्तो एउटा विर्सनलायक प्रशंग बन्यो, जसलाई चाहेर पनि कहिल्यै विर्सन सम्भव हुँदैन । 

कोभिड १९ को महामारीले दैनिक सयौं नागरिकको ज्यान लिइरहेको बेला, दैनिक हजारौं नागरिकलाई चरम पीडा दिइरहेको बेला, अक्सिजन नपाएर हजारौं नेपाली छट्पटाइरहेको बेला, अस्पताल तथा स्वास्थ्यकर्मीहरु अक्सिजन अभावमा छट्पटाइरहेका विरामीलाई अक्सिजन मास्क दिन नपाएर विरामी र तिनका आफन्तभन्दा बढि पीडामा रहिरहेका बेला, सत्ताको खेलमा मस्त सत्ताधारी र विपक्षीहरुको ताण्डबक्रिडाबाट उत्पन्‍न खेलले समग्र नेपाली समाजसँगै खेलकुदमाथि पनि निकै भद्धा मजाक गरिरहेको थियो । 

सत्ताको फल भोग गरिरहन जसरी पनि सत्ता लम्बाउन अनेत तिकडम गरने सरकार पक्ष र अर्काले त्यो भोग गरेको देख्‍न नसकेर जसरी पनि सरकार ढालेर आफू त्यहाँ पुग्‍न चाहनेबीचको लडाईका कारण महामारीले विध्वंस मच्चाइरहेकै बेला नेपालमा सरकार पुर्नगठन भएको थियो । युवा तथा खेलकुद मन्त्रालयमा नेतृत्व दिन ‘भागबण्डा’मा परेर नयाँ मन्त्री आएका थिए, एकबाल मियाँ । 

नेपाली खेलकुदको सर्वोच्च कार्यकारी निकाय राष्‍ट्रिय खेलकुद परिषदमा मन्त्री अध्यक्ष हुने कानुनी व्यवस्था छ । अनि प्रत्येक पटक मन्त्रालयमा नेतृत्व परिवर्तन भएसँगै खेलकुदका सबै सरोकारवाला निकायहरुले उनलाई बधाई तथा शुभकामनाका साथै आवश्यक सल्लाह सुझाव दिनका लागि मन्त्रीसँग भेट्ने पनि परम्पराजस्तै भइसकेको छ । किनकी सत्ता टिकाउने र हत्याउने खेलमा भागबण्डाकै लागि खेलकुदको ख पनि नबुझेको मानिसले युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व पाउने नेपाली खेलकुदको नियति बनेको धेरै भइसक्यो ।

बधाई, शुभकामना र सल्लाहको त्यही परम्परा निर्वाह गर्न नवनियुक्त मन्त्री मियाँलाई भेट्न परिषदको टोली दोहोरो मास्क लगाएर भए पनि मन्त्रालय पुगेको रहेछ । पिसिआर परिक्षणको नतिजा कुर्ने समय कटाउनु थियो । त्यसैले परिषदका ति पदाधिकारी मित्रले अनावश्यक ढंगले लम्ब्याउँदै सुनाएको मन्त्रीसँगको भेटको कथा पनि हामी बडो धैर्य र चाखपूर्वक सुन्दै थियौं । तर ‘अध्यक्ष को हुनुहुन्छ, उहाँको पनि फोन नम्बर लेखेर दिनुस’ भन्दै मन्त्रीले दिएको आदेशवारे सुन्दा एउटा खेल पत्रकार र खेलप्रेमीको मेरो मन निक्कै कुँडियो । काकाको पिसिआर परिक्षणको नतिजा पर्खिरहेको पनि विर्सिएँ । 

खासमा भएछ के भने, परिषदको टोलीले मन्त्रालयमा पुगेर मन्त्री मियाँलाई सबभन्दा पहिला आआफ्नो परिचय दिएछ । त्यसपछि खेलकुदको वर्तमान अवस्था, कोभिड १९ को प्रभाव, परिषदले बनाएका तात्कालिन र दीर्घकालिन योजना तथा मन्त्रीको भूमिकामा मियाँले गर्नुपर्ने कामवारे परिषदको टोलीले उनलाई जानकारी गराएछ । 

खेलकुदको कार्यकारी टोलीको बधाई, शुभकामना र सल्लाहलाई बडो ध्यानपूर्वक सुने पनि केही बुझ्‍न नसकेका मन्त्री मियाँले अन्त्यमा भनेछन्, ‘तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद । तपाईहरुको यो अमुल्य सुझाव र सल्लाह नेपाली खेलकुदको विकासका लागि धेरै उपयोगी हुनेछ । आज पहिलो भेटमा सबैसँग परिचय भए पनि यो सम्झिन गाह्रो हुन्छ । त्यसैले तपाईहरु सबै जनाको नाम र फोन नम्बर मलाई उपलब्ध गराउनुहोला । राष्‍ट्रिय खेलकुद परिषद भन्‍ने यस्तो विज्ञहरुको संस्था रहेछ । खेलकुद विकासमा तपाईहरुको सल्लाह र साथ मन्त्रालयलाई सधै चाहिन्छ । यो परिषदको अध्यक्ष ज्यूको पनि नाम र फोन नम्बर मलाई उपलब्ध गराउनुहोला ।’

नेपाली खेलकुदलाई विकासको बाटोमा डोर्‍याउने जिम्मेवारी लिएका, खेलकुदमार्फत सुखी नेपाली, संवृद्ध नेपालको नारा सार्थक पार्न आएका मन्त्री मियाँलाई आफू नै राष्‍ट्रिय खेलकुद परिषदको अध्यक्ष भएको समेत थाहा रहेनछ । परिषद खेलकुद हेर्ने नेपाल सरकारको आधिकारिक निकाय भएको पनि थाहा रहेनछ । युवा तथा खेलकुद मन्त्रीका रुपमा उनको सबभन्दा महत्वपूर्ण जिम्मेवारी भनेकै परिषदको अध्यक्ष हुनु हो भन्‍ने समेत थाहा रहेनछ । 

विचरा नेपाली खेलकुद ! 

त्यसोत मियाँ यस्ता निरिह पहिलो खेलकुद मन्त्री होइनन । उनी त भागबण्डामा मन्त्रीको पगरी भिर्न आउने विचराहरुको निरन्तरता मात्र हुन् भन्‍ने मलाई पनि थाहा थियो, परिषदका पदाधिकारी ति मित्रलाई पनि थाहा थियो । तर दशकौं देखि खेलकुदमै निरन्तर लागेर यही क्षेत्रमार्फत ‘संवृद्ध नेपाल र सुखी नेपाली’ को अभियान व्यवहारिक रुपमा चलाइरहेका हामी चामल बेच्‍न खोज्‍नेहरु सफलतापूर्व पिठो बेचिरहने यस्ता मियाँहरुको छायाँमा परिरहेको यथार्थ फेरी एकपटक बोध गर्‍यौं । 

परिषदका ति पदाधिकारी मित्र आफै पनि अहिलेको सत्ताधारी दलको झोला बोकेका कारण जिम्मेवारीका लागि छानिएका थिए । तर उनी हामी साथीहरुको बीचमा हुने कुराकानीमा आफूलाई खेलकुदमा गरेको योगदानका आधारमा जिम्मेवारी दिइएको दाबी गरिरहन्थे । सायद उनले अत्यन्तै निकट मित्रको हैसियतमा मसँग नवनियुक्त मन्त्रीसँगको भेटको अन्तरंग साटेका थिए । तर उनकै दलको नेतृत्वमा गरिएको भागबण्डाले मियाँजस्ता आफ्नै भूमिका नबुझेका मन्त्रीको नियुक्ती र त्यसबारे चर्चा गर्नुपर्दा उनको आँखा लाजले झुकेको थियो । 

त्यसैले होला छुट्टिने बेला आँखा पनि नजुधाई उनले विदा मागे, ‘जय नेपाली खेलकुद ।’ 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने