नेपाल हाप्किडो संघ

हाप्किडो संघमा कालीबहादुरकै निरन्तरता

काठमाडौं । नेपाल हाप्किडो संघको अध्यक्षमा कालीबहादुर घर्ती मगरले नै निरन्तरता पाएका छन् ।

भक्तपुरमा  शनिबार सम्पन्न संघको दोश्रो साधारण सभा तथा महाधिवेशनले अध्यक्षमा घर्ती मगरलाई सर्वसम्मत चयन गरेको हो ।

यस्तै नयाँ कार्यसमितिमा बालनकुमार श्रेष्ठ, सुस्मिता गुरुङ, दिब्यराज गुरुङ र तारामाया थापा उपाध्यक्षमा निर्वाचित भए । इन्द्रबहादुर महरा महासचिव, भुवन बुढा मगर उपमहासचिव, टिकाराम घर्ती मगर सचिव तथा पदमा खयरगोली उपसचिव, विजयाकुमारी वाइबा कोषाध्यक्षमा चयन भए । 
सदस्यमा मोहम्मद मोहसिन हलवाई, निमबहादुर खत्री क्षेत्री, रवि सुनार, खेम पुन र प्रेमकुमार लामा छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुदपरिषद् (राखेप) का खेलकुद विकास विभागका प्रमुख मिनकुमार शर्माले शपथ ग्रहण गराए ।

कार्यक्रममा राखेप संघ/ संस्था समन्वय शाखाका प्रमुख चन्द्र राई र प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।