सन्दीप लामिछाने

सन्दीपको मुद्दामा पिडित पक्षको जन्मदर्ता सम्बन्धी काजगजात झिकाउने आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको छ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो ।

बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीपविरूद्ध गत वर्षको भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।