वैशाख २६, २०८२ शुक्रबार | १४:४७:१४
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

परम्परागत खेल प्रवद्र्धन गर्न ‘आऔं खेल खेलौं’ सम्पन्न

काठमाडाैं । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, भारतीय राजदूतावास र नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले संयुक्त आयोजनामा नेपाल र भारतबीचको साझा परम्परागत खेललाई प्रवद्र्ध गर्न ‘आउ खेल खेलौ’ कार्यक्रम सम्पन्न भएको  छ ।

प्रहरी तालिम केन्द्र महाराजगंजमा शुक्रबार भएको कार्यक्रममा रुमाल लुकाई, रसाकस्सी, पान ढुङ्गे, कबड्डी , खोखो जस्ता परम्परागत खेलहरु समावेश गरिएका थिए ।

काठमाडौं उपत्यकाका नौ विद्यालयका १ सय २० विद्यार्थीहरू मैत्रिपूर्ण खेलकुदमा सहभागि थिए । ती विद्यालयहरुमा मदन भण्डारी मेमोरियल, न्यू सुम्निमा इङ्लिस स्कुल, श्री सञ्जय साई विद्या मन्दिर, केन्द्रीय विद्यालय, श्री महाकाल मावि, कुलेश्वर आवास मावि, लर्निङ रियल्म इन्टरनेशनल स्कुल, राई स्कुल र राष्ट्रिय प्रहरी विद्यालय थिए ।

दुवै देशको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा सहभागी सबैले ‘समावेशी र फिट समाजका लागि खेलकुद’ भन्ने ब्यानर बोकेर मार्चपास गरेका थिए ।

आफ्नो उद्घाटन मन्तव्यमा काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन श्री प्रसन्न श्रीवास्तवले भारतले खेलकुदको गहिरो जरा गाडेको परम्परालाई पुनर्जीवित गर्न पौराणिक हक्की खेलाडी मेजर ध्यान चन्दको सम्झनामा राष्ट्रिय खेल दिवस मनाउन थालेको स्मरण गराए । उनले परम्परागत खेलहरूले भातृत्वको भावना, एकता र समावेशीता जस्ता गुणहरूलाई मजबुत पार्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले घरेलु खेललाई मूलधारमा ल्याउनका लागि घरेलु खेलको प्रवद्र्धन र समुन्नतिमा लाग्नुपर्नेमा जोड दिए ।

उद्घाटन सत्रमा उपस्थित कलाकार, ओलम्पियन, किर्तीमानी राष्ट्रिय खेलाडी, अतिथि, नेपाल प्रहरी र भारतीय दुतावसाका कर्मचारीहरु सम्मिलित ‘टग अफ वार खेलाईएको थियो । टग अफ वारमा अभिनेता निखिल गायक महेश काफ्ले, गायक धर्मेन्द्र सेवान, ओलम्पियन दिपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठलगायतका अतिथीहरुको उपस्थिती थियो ।

विद्यालयका विद्यार्थीहरूबीच रुमाल लुकाई, पानढुङ्गे र खोखो खेलाइयो । पुलिस एकेडेमी र भारतीय दूतावासको टोली बीच खेलिएको कबड्डीमा पुलिसको टोली विजयी भयो ।

प्रत्येक व्यक्ति र सम्पूर्ण समाजको सुस्वास्थ्यको प्रतिबद्धताका साथ कार्यक्रमको समापन गरिएको थियो । 


 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP