विक्रम चौधरी

रहेनन फिफा सहायक रेफ्री चौधरी

काठमाडौं । फिफा सहायक रेफ्री विक्रम चौधरीको शुक्रबार निधन भएको छ ।

नेपाली सेनामा आबद्ध सहायक रेफ्री चौधरी शुक्रबारै विहान ९:४५ बजे अभ्यास दौरान मैदानमै लडेका थिए । लड्ने वित्तिकै सेनाकै मेडिकल टिमले मैदानमै उनको प्राथमिक उपचार गरेको थियो । मेडिकल टिमले मैदानमै सिपिआर पनि गरेको थियो । सेनाको भद्रकालीस्थित मैदानमा लडेका उनलाई  त्यसपछि तत्काल अस्पताल पुर्याइएको थियो ।

छाउनीस्थित सेनाको अस्पताल पुर्याए पनि हवल्दार चाैधरीकाे उपचार हुन सकेन । अस्पताल पुग्ने वित्तिकै चिकित्सकले ३८ वर्षे चौधरीलाई मृत घोषित गरेका थिए । उनको आजै पोष्टमार्टम हुने तयारी छ ।

 सन् २००७ देखि रेफ्री करिअर सुरु गरेका उनी फिफा ब्याचको नवीकरणका लागि विशेष तयारीमा थिए । उनीसँगै आर्मीकै राष्ट्रिय रेफ्रीद्धय प्रवीण गौतम र गणेश चौधरी पनि अभ्यासरत थिए ।

सर्लाहीका स्थायी वासिन्दा चौधरीको अन्त्येष्टी काठमाडौंमै गर्ने की सर्लाही लाने भन्ने विषयमा उनको परिवारजन र सेनाका अधिकारीहरुबीच कुराकानी चलिरहेको बताइएको छ ।