वैशाख २६, २०८२ शुक्रबार | १४:४५:२६
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

सुदूरपश्चिम स्पोर्टस अवार्डः दुई विधाको मनोनयन सार्वजनिक

धनगढी । धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ ।

सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदुरपश्चिम आइकन पुरुष तथा महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता खेलाडीहरुलाई समेटेर मनोनय सार्वजनिक गरेको छ ।

असार ८ गते धनगढीमा हुने चौथो संस्करणको एसपिए सुदुरपश्चिम स्पोर्टस अवार्डको सुदुरपश्चिम आइकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, करातेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् ।

जलेन्द्रले नवौं राष्ट्रिय खेलकुदमा सुदुरपश्चिमलाई पहिलो स्वर्ण पदक जिताएका थिए । फेन्सिङमा सुदुरपश्चिमलाई उनले पहिलो पटक स्वर्ण पदक जिताएका हुन् । उनले नै फेन्सिङ सिकाएका खेलाडीहरुले पहिलो सहभागीतामा सुदुरपश्चिमलाई दुई कास्य पदक समेत जिताएका थिए ।

आनन्दले पनि नवौं राष्ट्रिय खेलकुदमा करातेतर्फ ५० किलो तौल समुहमा स्वर्ण जितेका थिए । सुदुरपश्चिमलाई करातेमा स्वर्ण पदक दिलाउने उनी एक्ला खेलाडी हुन । उनले प्रशिक्षण दिएका दुई  खेलाडीले राष्ट्रपति रनिङ सिल्डमा पनि दुई कास्य पदक जितेका थिए । आनन्द भारतमा भएको इन्डो– नेपाल च्याम्पीयनसीपमा पनि स्वर्ण  विजेता खेलाडी हुन् ।

जियारत  यू-२० साफ च्याम्पीयनसीपमा उपविजेता  बनेको नेपाली टा टोलीका सदस्य हुन् । जियारतले गल वर्ष खुमलटार युथ क्लबलाई ‘ए’ डिभिजनमा बढुवा दिलाउनका लागि पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

हाल मनाङ मर्स्याङदी क्लबबाट  ‘ए’ डिभिजन लिग खेलिरहेका उनी गत वर्ष भएको  तिलोत्तमा गोल्डकपको उत्कृष्ट गोलरक्षक समेत भएका थिए । उनले एफसी यू–२० छनोटमा पनि नेपाली टिमको प्रतिनिधित्व गरेका थिए ।  

सुदुरपश्चिम आइकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेका छन् ।

मनिषाले नवौं राष्ट्रिय खेलकुदमा सुदुरपश्चिमलाई कुस्तीमा ५३ किलो तौल समुहमा स्वर्ण पदक दिलाएकी थिइन । उनले एसियन छनोट प्रतियोगितामा पनि स्वर्ण हात पारेकी थिइन् ।

दीपाले उमेर समूहमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् ।

सुदुरपश्चिमलाई प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी कविता सर्वोकृष्ट खेलाडी बनेकी थिईन् । यस्तै किवताले मेयर कप र नेपाली महिला क्रिकेट टोलीबाट पनि खेलेकी थिइन् ।

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । कार्यक्रममा वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष तथा महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला तथा पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई  जनही३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार तथा वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई  २० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

अवार्डमा सुदुरपश्चिम आइकन पुरुष विधालाई माया मेट्रो हस्पिटल तथा महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेका छन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP