राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता

राष्ट्रिय रग्बी सेभन्स प्रतियोगिता शनिबार र आइतबार हुने

काठमाडौं । बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता यही जेठ २० र २१ गते (शनिबार र आइतबार) हुने भएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने प्रतियोगिता भक्तपुरस्थित मध्यपुर युथ क्लवको खेलमैदानमा संचालन गरिनेछ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान सात गरी १४ टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा पुरुषतर्फ बागमती, कोशी, मधेस र कर्णाली प्रदेशका साथै विभागीय टोली त्रिभुवन अर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबलको सहभागिता रहनेछ ।

यसैगरी महितातर्फ बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका साथै दुई विभागीय टोली आर्मी र एपिएफ सहभागी हुनेछन् ।

विजेता तथा उपविजेतालाई ट्रफी, मेडल, सर्टिफिकेट मेडल, सर्टिफिकेट र नगद पुरस्कारको व्यवस्था गरिएको छ।

यस प्रतियोगिताबाट नेपाल रग्बी संघले कतारमा हुने एसिया रग्बी सेभेन्स प्रतियोगिता र चिनमा हुने एसियाली खेलकुदका लागि राष्ट्रिय महिला तथा पुरुष टोलीको छनोट गर्नेछ ।