वैशाख २६, २०८२ शुक्रबार | १४:५६:४०
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

ओलम्पियन पूर्नमिलन कार्यक्रम जेठ १९ देखि २१ गतेसम्म हुने

काठमाडौं ।  नेपाली ओलम्पियनहरुको एक मात्र छाता संगठन नेपाल ओलम्पियन्स संघले जेठ १९ देखि २१ गते सम्म ओलम्पियन पूनर्नमिलन कार्यक्रम गर्ने भएको छ ।

पोखरमा हुने पूर्नमिलन सम्मान तथा अन्य कार्यक्रममा पोखरा महानगरपालिकाको खेलकद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वय गर्ने भएका छन् ।

संघको आयोजनामा पहिलो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम गत वर्ष असारमा काठमाडौमा भएको थियो । उपत्यका बाहिर पनि कार्यक्रम आयोजना गर्ने उद्देश्यका साथ यसपटक पोखरामा आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा सहभागी हुन ओलम्पियनहरु जेठ १९ गते पोखरा पुग्नेछन् । जेठ २० गते बिहान प्रभात फेरी तथा सोही साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पुर्नमिलन तथा सम्मान कार्यक्रम हुनेछ ।

जेठ २१ गते संघको वार्षिक साधारणसभा हुनेछ । सोही दिन गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरूसँग ओलम्पियनहरुको अन्तरक्रिया कार्यक्रम हुन सक्नेछ ।

सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा सहभागी गराउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ पूर्नमिलन कार्यक्रम आयोजना गर्न लागिएको हो । पहिलो पूर्नमिलन तथा सम्मान कार्यक्रम सफल भएबाट पनि हामी दोस्रो संस्करणको कार्यक्रम आयोजनाका लागि उत्साहित भएका छौं ।

नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको इतिहास छ । सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को सदस्यता प्राप्त गरेको थियो ।

झण्डै ६ दशकको अन्तरालमा ९० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना) र शितकालिन ओलम्पिक (दुई जना) मा सहभागिता जनाएको तथ्याङ छ । त्यसमध्ये १० जना स्वर्गिय भइसक्नु भएको छ । केहि ओलम्पियनहरु भने विदेशमा रहनु भएको जानकारी छ । देशभरमा हाल रहेका ओलम्पियनहरुको पोखरामा जमघट गराउने हाम्रो प्रयास रहेको छ । जहाँ ५० जना बढी ओलम्पियनहरुको सहभागिता रहने विश्वास हामीले लिएका छौं ।

सर्भिस टु सोसाइटी सर्भिस टु ओलम्पियन भन्ने नाराका साथ विश्वभरका ग्रिष्म र शितकालिन ओलम्पियनहरुको छाता संगठनका रुपमा विश्व ओलम्पियन संघको स्थापना भएको थियो । सोही संघमा सदस्य राष्ट्रका रुपमा नेपाल ओलम्पियन्स संघको गठन भएको थियो । खेल जीवनपछि पनि विभिन्न कार्यक्रममार्फत सामाजिक काममा आबद्ध हुन ओलम्पियनहरुलाई अभिप्ररित गर्ने उद्देश्यका साथ पूर्नमिलन कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा विश्व ओलम्पियन संघका प्रतिनिधिको सहभागिता रहने आयोजकले बताएको छ । कार्यक्रमको स्थानिय व्यवस्थापनका लागि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति तथा ५ सदस्यीय सल्लाहकार समिति गरिसकिएको छ । यो कार्यक्रम आयोजनाले गण्डकी प्रदेशमा

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश, पोखरा महानगरपालिकल, प्रदेश खेलकुद विकास परिषद् गण्डकीको विशेष सहयोग छ ।

 कार्यक्रमलाई केल्मी र नेपाल टेलिकमले मुख्य प्रायोजन गरेका छन् । त्यस्तै प्रायोजकमा जिमी ग्रुप, मोतीदान कन्स्ट्रक्सन, सिद्धार्थ बैंक, नबिल बैंक, रहेका छन् ।

 त्यस्तै सहयोगीका रुपमा राइका दुर्स एन्ड ट्रेक्स, नेपाल लिक्वर्स प्रा.ली. एनआरएस स्पोर्टस फाउन्डेसन, क्षमादेवी ग्रुप र स्पोर्टस युनिभर्स तथा हस्पिटालिटी पार्टनरका रुपमा वर पिपल रिसोर्ट, होटल बाराही, द होटल लेकसाइड, होटल बुटिक पोखरा र होटल किग्स पोखरा छन् ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP