राष्ट्रिय खेलकुद परिषद्

राखेपका तीन विभागीय प्रमुखको जिम्मेवारी हेरफेर

विभागीय प्रमुखको नयाँ जिम्मेवारी पाएका मिनकुमार शर्मा (बायाँ), प्रेमबहादुर मल्ल (बीच) र मधुसुदन बस्नेत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो मातहतका तीन विभागका विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ ।

प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतलाई खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललाई प्रशासन विभाग प्रमुख बनाइएको छ ।

यसैगरी खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालाई खेलकुद विकास विभाग प्रमुखको जिम्मेवारी दिइएको  छ । तीनै विभागीय प्रमुखले मंगलबार कार्यभार सम्हालेका छन् ।