असार ३१, २०८२ मंगलबार | १६:०५:४७
एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित

राष्ट्रपति रनिङ सिल्डको नयाँ मिति तय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको मिति सरेको छ ।

प्राविधिक कारणले प्रतियोगिता बैशाख १५ देखि १७ गतेसम्मलाई सारिएको राखेप अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिन शर्माले जनाएका छन् । यसअघि प्रतियोगिता बैशाख ७ देखि ९ गतेसम्म हुने तय भएको थियो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । सातै प्रदेशबाट जम्मा ६ सय ५८ खेलाडीको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । 

एथलेटिक्समा एक सय ५४, भलिबल र कबड्डीमा समान एक सय २६ तथा कराते, तेक्वान्दो र उसुमा समान ८४ खेलाडीले भाग लिने छन् ।

प्रतियोगितामा ५२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा दुई कराते र तेक्वान्दोमा आठ तथा उसुमा ६ स्वर्णका लागि भिडन्त हुनेछ ।

व्यक्तिगत, समूहगत, शीर्ष तीन स्थान हात पार्ने टिम र राष्ट्रिय कीर्तिमान गरी प्रतियोगिताको कुल पुरस्कार राशी नौ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा खेलाइने छ ।

सात सय ५३ स्थानिय तह, जिल्ला र प्रदेश हुँदै केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड हुनेछ ।

प्रतियोगिताको हरेक खेलबाट उत्कृष्ट खेलाडी छनोट गरी विशेष प्रशिक्षण्मा राखिने प्रमुख शर्माले जानकारी गराए । 

प्रतियोगितालाई सफलतापूवर्क सम्पन्न गर्न राखेपका सदस्यसचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना तथा व्यवस्थापन समिति गठन गरिएको छ ।
 

 


 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH