विश्व मुवाँथाइ च्याम्पियनसिप

विश्व मुवाँथाइ च्याम्पियनसिपमा सञ्जयलाई रजत

काठमाडौं । नेपालका सञ्जय राईले १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतीले जनाएका छन्  ।

थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको फाइनलमा सञ्जय ब्राजिलका खेलाडीसंग पराजित भए । 

त्यसअघि नेपालले तीन कास्य पदक सुरक्षित गरिसकेको थियो । पुरुष ५७ केजीमा गुणराज रुचाल तथा ७१ केजीमा नवराज पराजुली तथा  हिला ४८ केजीमा डेनिका राईले नेपाललाई कांस्य दिलाएका  थिए ।

नेपाली टोली सोमबार स्वदेश फर्किदै छ । विश्व च्याम्पियनसिपकोमा नेपालले हालसम्म एक स्वर्ण, एक रजत र सात कांस्य पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघले जनाएको छ ।