विद्यालय खेलकुद

स्वस्तिश्री फुटसल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काठमाडौं ।  सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आइवी वर्ल्ड स्कुलले यही फागुन १४ गते देखि आयोजना गरेको अन्तर विद्यालय फुटसल प्रतियोगिताका विजेतालाई शनिबार पुरस्कार वितरण गरेको छ ।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १२ विद्यालयका विभिन्न उमेर समुहका २८ टोली सहभागी थिए ।

यु-१६ गर्ल्सतर्फ आयोजक स्वस्तिश्री प्रथम, नेक्सस द्वितीय र एभिएमले तृतीय स्थान हासिल गरेका थिए ।  

यसैगरी यु-१६ ब्वाइजतर्फ नेक्सस प्रथम, आयोजक स्वस्तिश्री द्वितीय र आर्या एकेडेमी तृतीय हुँदा यु-१३ ब्वाइजतर्फ रिब्स स्कुल प्रथम, किड्स लर्निङ स्कुल द्वितीय र एक्सेल्सियर स्कुल तृतीय भएका थिए ।

प्रतियोगितामा यु-१६ गर्ल्सतर्फ सर्वोत्कृष्ट खेलाडी नेक्ससकी सोभियाना ढकाल नेक्सस, आयोजक स्वस्तिश्रीका शुभाना मानन्धर उत्कृष्ट गोलकिपर तथा शर्भानी सुवेदी सर्वाधिक गोलकर्ता घोषित भए ।

यु-१६ ब्वाइजतर्फ आयोजक स्वस्तिश्रीका कृपल गिरी सर्वोत्कृष्ट खेलाडी, नेक्कससका निशान्त राना उत्कृष्ट गोलकिपर तथा कृष्णबहादुर आले सर्वाधिक गोलकर्ता चुनिएका थिए ।  

यु-१३ ब्वाइजतर्फ किड्स लर्निङ स्कुलका रेहान बास्कोटा सर्वोत्कृष्ट खेलाडी, रिब्स स्कुलका आयुष केसी उत्कृष्ट गोलकिपर तथा एक्सेल्सियर स्कुलका सुवेग पाण्डे सर्वाधिक गोलकर्ता घोषित भएका थिए ।

समापन समारोहका प्रमुख अतिथिको रूपमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला थिए । यसैगरी विशेष अतिथिको रूपमा नेपाल स्कूल स्पोर्ट्स फेडेरेसनका अध्यक्ष प्रदीप जोशी ,पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा अखिल नेपाल फुटबल संघका पूर्व सदस्य दिनेश व्यञ्जनकार ,नागार्जुन प्याब्सनका अध्यक्ष वासु घिमिरे, नेपाली राष्ट्रिय फुटबल टाेलीका पूर्व कप्तान तथा विद्यालयका फुटवल एम्बासडर अनिल गरुङ, राष्ट्रिय फुटबल टोलीका सदस्य सुजल श्रेष्ठ तथा स्वस्तिश्री एकेडेमीका संयोजक सनोज श्रेष्ठको उपस्थिति रहेको थियो ।