काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन्।
मुख्य प्रशिक्षक सञ्जीत श्रेष्ठले दोस्रो चरणको प्रशिक्षणमा ३५ खेलाडीलाई राखेका हुन् । पहिलो चरणका लागि ४५ खेलाडी छानिएका थिए ।
प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ । समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश छन् ।
नेपालले सेप्टेम्बर १५ मा आयोजक श्रीलंका तथा सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ।
बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडी
समीर कुमार, निशकुमार श्रेष्ठ, गोविन्द विष्ट, पेम्बा तामाङ, दिगविजय शाही, कृश भण्डारी, सिर्जन श्रेष्ठ, प्रतिश थापा, निश्चल मगर, योहाना लिम्बु, अनोज खड्का, समर्पण सुनार, रुपेश भुजेल, सुशान्त राना, राम थामी, प्रशान्त लिम्बु, अनमोल कार्की, युनिश बस्नेत, नसिब हेन्जन, भूपेश लामा, लक्ष्मण थामी, दिपेन कार्की, आदित्य रानामगर, प्रशान्त मोक्तान, धिरज रावल, मौसम रोकाया, विनायक थारु, सुशन मगर, भुवन कामी, सुजन स्याङ्तान, रोहित श्रेष्ठ, पेम्बा नोर्बुभोटे, राम बोहोरा, दिप्सन परियार, विशेष बानियाँ