वैशाख ३०, २०८२ मंगलबार | १३:०२:५८
धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक

एक्सेल्सियर कप बास्केटबल तथा फुटबल प्रतियोगिता सुरु

काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि सुरु भएको छ ।  राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रतियोगिताको उद्घाटन गरे ।

सोही अवसरमा पारसले स्वयम्भूस्थित एक्सेल्सियरकै हातामा नवनिर्मित क्रिकेटको अभ्यासस्थल ‘क्रिक्सल’ को पनि उद्घाटन गरेका थिए।

प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा रेडिअन्ट पक्लिब स्कुल, मोर्डन इन्डियन स्कुल (एमआइएस) र नेपालयले विजयी सुरुआत गरेका छन् । रेडिअन्टले पिपुल्स एकेडेमीलाई ४२-२८ ले पराजित गरेको हो । रेडिअन्टको जितमा सन्तोष शर्माले १२ अंक योगदान गरे ।

आयुश राईको १२ अंक सहयोगमा एमआइएसले पुष्पसदनलाई २१-२० को झीनो अन्तरले हरायो । नेपालयले एपेक्स लाइफ स्कुललाई १५-२ ले पाखा लगायो । नेपालयका निश्चल भण्डारीले सात स्कोर गरे ।

गर्ल्स बास्केटबलमा संस्कृतिले द चाँदबाग स्कुललाई २५-६, रिब्सले आयोजक एक्सेल्सियरलाई ७-६ र एमआइएसले न्यु इरालाई १७-६ ले पन्छाए । संस्कृतिकी रियाना महर्जनले सात, रिब्सकी हुमा लिम्बूले चार र एमआइएसकी प्राची सिंहले ९ अंक जोडे ।

ब्वाइज फुटबलको यु-१२ मा संस्कृति र स्वस्तिश्री गुरुकुलले जित निकाले । संस्कृतिले रेडिअन्टलाई २-१ ले पराजित गरेको हो । संस्कृतिका रोजोल खतिवडा र सौरव कृष्णले समान एक गोल गरे । रेडिअन्टका रिजन बख्रालले उक् गोल फर्काए ।

स्वस्तिश्रीले दोहोरो जित आत्मासात् गरेको थियो । स्वस्तिश्रीले एक्सेल्सियरमाथि १-० को कठिन जित निकाल्यो । दिपसिङनर महर्जनले निर्णायक गोल गरे । अर्को खेलमा स्वस्तिश्रीले काभ्यालाई ३-० ले  हरायो । विजेताका रिजन गुरुङले दुई  गोल गरे भने एक  गोल आत्मघाती रह्यो ।

ब्वाइज फुटबलकै यु-१६ मा एनआइसी एकेडेमी र होली भिजनले सफलता पाए । एनआइसीले काभ्यामाथि ६-० को सहज जित  निकाल्यो । एनआइसीका अनिश जोशीले चार तथा वाङगेल गुरुङले दुई गोल गरे । 

होली भिजनले हार्टल्यान्डलाई ५-४ गोलले पराजित गरेको हो । होली भिजनका प्रयासले चार तथा सुशान्तले ए गोल गरे । हार्टल्यान्डका अनिश रोजराले दुई तथा विकास गुरुङ र करन लामाले समान एक गोल गरे ।

फाइभ ए साइड फुटबलको ब्वाइज यु-१२ मा १४ टिम तथा यु-१६ मा १६ टिम सहभागी छन् । बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १३ टिमले भाग लिएका छन् । प्रतियोगिता माघ २६ गतेसम्म चल्ने छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP