भाद्र ३०, २०८२ मंगलबार | १२:४७:०३
रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो

नवौं राष्ट्रिय खेलकुद सम्पन्न, दुई वर्षपछि कर्णालीमा भेटने बाचा

पोखरा । प्रदेश र केन्द्रबीचको द्धन्द्ध, अनुशासन मिचिएका थुप्रै घटना, भौतिक पूर्वाधारले सम्पन्न पोखरामा पनि टिठलाग्दो व्यवस्थापन, स्थानीयले अपनत्व अभावमा फिक्का देखिएको नवौं वृहत राष्ट्रिय खेलकुद दुई वर्षपछि कर्णाली प्रदेशमा भेटने बाचासहित बिहीबार पोखरा रंगशालामा सम्पन्न भएको छ ।

नवौं राष्ट्रिय खेलकुद समापन समारोहका प्रमूख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले १०औं राष्ट्रिय खेलकुदको झण्डा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीलाई हस्तान्तरण गरेपछि ४१ वर्षको इतिहासमा पहिलो पटक कर्णालीमा राष्ट्रिय खेलकुद पुग्ने पक्का भएको थियो । विगतमा निर्धारित समयमा राष्ट्रिय खेलकुद नभइरहेका कारण यसपालीदेखि प्रदेश सरकारलाई नै जिम्मेवार बनाउने उद्देश्यअनुरुप झण्डा प्रदेशका मन्त्रीलाई हस्तान्तरण गरिएको हो । यसअघि सम्बन्धित प्रदेशको खेलकुद परिषदका सदस्यसचिव वा क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षले झण्डा बोक्ने चलन थियो ।

विगतका तुलनामा अत्यन्तै भद्रगोल र अस्तव्यस्त रुपमा सम्पन्न राष्ट्रिय खेलकुदको समापन समारोहलाई सम्बोधन गर्दै प्रमूख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘देशकै सबभन्दा ठूलो खेलकुद सफलतापूर्वक सम्पन्न गरेको’मा युवा तथा खेलकुद मन्त्रालय राखेप, गण्डकी प्रदेश, खेलाडी, खेलकर्मी, सुरक्षाकर्मी र पोखरेली वासिन्दालाई धन्यवाद दिए ।

‘नवौं राष्ट्रिय खेलकुद सहभागी खेलाडी संख्याको आधारमा अहिलेसम्मको सबभन्दा ठूलो खेल महोत्वस हो । यति ठूलो प्रतियोगिता गरेर नेपाली खेलकुदले गौरवपूर्ण इतिहास बनाएको छ । एक जना खेलाडीको दुःखद मृत्यु भएको छ । खेलाडीको मृत्युमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने, ‘आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रधानमन्त्री देउवाले नवौं राष्ट्रिय खेलकुदका कमजोरी नऔल्याए पनि कमजोर पक्षमा आगामी दिनमा सुधार गर्दै अघि बढ्न निर्देशन दिए । विभिन्न कारणले गर्दा राष्ट्रिय खेलकुद नियमित गर्न नसकेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले नियमित रुपमा राष्ट्रिय प्रतियोगिताहरु नहुँदा प्रतिभा पलायनको डर रहिरहने बताए ।

‘अव राजनीतिक स्थायित्व कायम भएसँगै खेल क्षेत्रलाई व्यवस्थित तवरमा अघि बढाउन सरकार तत्पर छ । सरकारले खेलकुदलाई प्राथमिकता दिइरहेको छ । आगामी दिनमा राष्ट्रिय खेलकुद नियमित हुनेमा आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले दावी गरे, ‘खेलकुदलाई गाउँदेखि सहरसम्म लोकप्रिय बनाउँदै आम जनमानससम्म पहुच पुर्याउन यस्ता प्रतियोगिताको महत्व छ । नवौं राष्ट्यि खेलकुदको आयोजनाले मौजुदा खेल पूर्वाधारको स्तरोन्नतिका साथै विभिन्न नयाँ खेल पूर्वधारको निर्माण सम्पन्न भएको छ । यसले यो क्षेत्रलाई खेलकुद हबका रुपमा स्थापित गर्ने वातावरण निर्माण भएको छ ।’

नवौं राष्ट्रिय खेलकुद मुल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले निर्धारित समयमा सफलताका साथ महोत्सव सम्पन्न गरेको दावी गरे । प्याराग्लाइडिङ प्रतियोगिता दौरान दुर्घटनामा परि निधन भएका खेलाडी निसिम थापा मगरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्री गहतराजले थापाको परिवारमा समवेदना प्रकट गरे ।

‘नवौं राष्ट्रिय खेलकुदमा देश विदेशमा छरिएर रहेका विभिन्न विधाका खेलाडीले उच्च प्रदर्शन गरेका छन् । यसले खेलाडीको खेल कौशल निखारेको छ । यहाँको अनुभवले आगामी दिनमा खेलाडीलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा थप परिपक्वताका साथ प्रस्तुत हुन सहयोग मिल्नेछ,’ उनले भने ।

मन्त्ती गहतराजले नवौं वृहत राष्ट्रिय खेलकुदले पोखराको पर्यटन प्रवद्र्धनमा पनि विशेष योगदान गरेको चर्चा गर्दै आगाम दिनमा यसले निरन्तरता पाए १२ वर्षपछि फेरि पोखरामा राष्ट्रिय खेलकुद फर्किने बताए ।

राष्ट्रिय खेलकुदको आयोजना दौरान यसपाली पोखरामा थुप्रै भौतिक पूर्वाधार बनाएको तथ्यहिन भाषण गर्ने क्रममा उनले थपे, ‘त्यो बेला थप पूर्वाधारका साथ राष्ट्रिय खेलकुद फेरि पोखरा फर्किनेछ । योजनावद्ध तरिकाले १०औं राष्ट्रिय खेलकुदको को तयारी अगाडि बढाउने र समयमै गर्ने कुरामा सरकार प्रतिबद्ध छ । यहाँ भएका कमजोरी १०औंमा सच्याइनेछ ।’

त्यस्तै राखेपका सदस्यसचिव एवं नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका संयोजक टंकलाल घिसिङले भव्यतापूर्वक खेल महोत्वस सम्पन्न गरेको दावी गर्दै नवौं राष्ट्रिय खेलकुदको समिक्षा गरे ।

गण्डकी प्रदेशका आठ जिल्लामा भएको नवौं राष्ट्रिय खेलकुदमा नेपालको इतिहासमा पहिलो पटक एण्टी डोपिङ लागु गरिएको सदस्यसचिव घिसिङले जानकारी गराए । ६ हजार १ सय २७ जनाले सहभागिता जनाएको नवौं राष्ट्रिय खेलकुदमा पुरुषतर्फ तीन हजार चार सय १४ र महिलामा दुई हजार सात सय १३ खेलाडीले भाग लिएका थिए ।

सात वर्ष २२ दिनकी सुदूरपश्चिमकी पौडी खेलाडी ऋतिका भुमी नवौं राष्ट्रिय खेलकुदकी सबभन्दा कान्छी खेलाडी थिइन भने प्रदेश एकका स्क्वास खेलाडी धनबहादुर घले सबभन्दा पाको उमेरका खेलाडी थिए । घलेको उमेर ६१ वर्ष चार महिना भएको छ ।

गण्डकी प्रदेशमा सात दिनसम्म चलेको राष्ट्रिय खेलकुदमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएकोमा नेपाली सेनाले एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कांस्य सहित कुल तीन सय ७१ पदक जितेर रनिङ ट्रफी हासिल गर्यो । सशस्त्र प्रहरी बल (एपिएफ) ६५ स्वर्ण ७३ रजत र ८१ कांस्यसहित कुल दुई सय १९ पदक जितेर उपविजेता भयो ।

नवौं राष्ट्रिय खेलकुदमा कुल एक हजार ६ सय ४७ निर्णायक, सात सय एक प्रशिक्षक, पाँच सय ११ व्यवस्थापक र सञ्चालक समितिका एक सय ९ गरि जम्मा दुई हजार ९ सय ६८ जना अफिसियलहरुको सहभागिता रहेको पनि सदस्यसचिव घिसिङले जानकारी गराए । आठ प्रदर्शनी खेलसहित कुल ४४ खेल समावेश गरिएको नवौं वृहत राष्ट्रिय खेलकुदमा ३६ प्रतिस्पर्धात्मक खेल थिए ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले नवौं राष्ट्रिय खेलकुद भव्य रुपमा सफल भएको दावी गर्ने क्रममा यसमा धेरै विधामा नयाँ राष्ट्रिय कीर्तिमान बनेको र प्राविधिक दक्ष जनशक्तिको विकास भएको बताए । उनले व्यवस्थापकीय हिसावले नवौंको सफल आयोजनाबाट नेपाल जस्तोसुकै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि गर्न सक्ने प्रमाण दिएको बताए । नवौं राष्ट्रिय खेलकुदका विजेताले एउटा चुनौती पार गरेको बताउँदै उनले अब साग र एसियाडको चुनौती पार गर्न खेलाडीलाई आह्वान गरे ।

‘तपाईहरुसामू अब साग र एसियाडमा पदक जित्नुपर्ने चुनौती आएको छ । तपाईहरु त्यहाँ पुग्नुस । तपाईहरुका सबै आवश्यकता पूरा गर्न राखेप प्रतिबद्ध छ,’ कोइरालाले भने ।

यसैगरी पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कोभिड १९ को महामारी र अरु कारणले केही समय सरेर भए पनि पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गरेकोमा युवा तथा खेलकुद मन्त्री र नेपाल सरकारलाई पोखरावासीको तर्फबाट धन्यवाद दिए ।

विभिन्न मुद्धामा विभाजित हुने गरेको समाजलाई पनि खेलकुदले एकताको सुत्रमा गास्ने भएकाले यसको समग्र विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने उनले विचार राखे ।

पोखराको प्राकृतिक सुन्दरता, मौसम र यहाँका जनता राम्रो रहेको भन्दै उनले थप खेलकुदका प्रतियोगिता पोखरा ल्याउन आह्वान गरे ।

‘नवौं राष्ट्रिय खेलकुद पोखरामा भयो । ३६ खेल भए । नेपालमा झण्डै २ सय संघ छन् । पोखराको मौसम,  वातावरण र जनता राम्रा छन् । तपाईहरुका सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा गर्न आह्वान गर्दछु । यस खेलकुद महोत्सवका लागि आउँदा पोखरामा केही अप्ठेरो परेको भए होला । तर अप्ठेरो भए पनि राम्रा स्मरणमात्र लानुहोला । नराम्रा यहीँ छोडेर जानुहोला भन्ने आग्रह गर्न चाहन्छु ।’

सात प्रदेश, तीन विभाग (नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरी बल) तथा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) गरि कुल १० टोलीका झण्डै १० हजार खेलाडीको सहभागितामा राष्ट्रिय खेलकुदको सातौं संस्करण अघिल्लो शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । सधै राष्ट्रप्रमूखले उद्घाटन गर्ने परम्परा रहे पनि राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएपछि यसपाली उपराष्ट्रपति पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गरेका थिए ।

प्राविधिक नजरले हेर्दा न्युनतम मापदण्ड समेत पालना नगरिएको नवौं राष्ट्रिय खेलकुद खेलाडीले रेफ्रीमाथि हातपात प्रयास गरेको, खेलाडीको भत्तामा वसोवासको वहाना गर्दै पदाधिकारीले आँखा लगाएको, कमजोर व्यवस्थापनलगायतका थुप्रै समस्याका बीच सात दिनसम्म गण्डकी प्रदेशका कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङजा, नवलपुर, तनहु र गोर्खा तथा बागमतीका काठमाडौं र ललितपुरमा सम्पन्न भएको थियो ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL