कार्तिक ३, २०८२ सोमबार | २२:१३:०४
रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि शीर्ष स्थानमा उक्लियो एसी मिलान म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो रियालको जितमा एमबाप्पेकाे निर्णायक गाेल एस्टन भिल्लाको पुनरागमन जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि शीर्ष स्थानमा उक्लियो एसी मिलान म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो रियालको जितमा एमबाप्पेकाे निर्णायक गाेल एस्टन भिल्लाको पुनरागमन जित

न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी

काठमाडौं । इङ्ल्यान्डले घरेलु टोली न्युजिल्यान्डविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा ६५ रनको सहज जित दर्ता गरेको छ ।

जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण विना नतिजा टुंगिएको थियो ।

सोमबार क्राइस्टचर्चस्थित हेग्ली ओभलमा इङ्ल्यान्डले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १८ ओभरमा १७१ रनमै समेटियो ।

न्युजिल्यान्डका लागि टिम शिफर्टले ३९, कप्तान मिचेल स्यान्टनरले ३६, मार्क च्याम्पम्यानले २८ र जेम्स निसमले १७ रन बनाए ।

तेस्रो विकेटका लागि शिफर्ट र च्याम्पम्यानले ६९ तथा आठौं विकेटका लागि स्यान्टनर र निसमले ५७ रनको साझेदारी गरेका थिए ।

इङ्ल्यान्डका लागि आदिल रशिदले चार तथा लियाम डसन, ल्युक उड र ब्रायडन कार्सेले समान दुई विकेटथ लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २३६ रनको योगफल तयार पारेको थियो । 

इङ्ल्यान्डका लागि फिल साल्टले ५६ बलमा ११ चौका र एक छक्काको मद्दतले सर्वाधिक ८५ रनको योगदान गरे । यसैगरी कप्तान ह्यारी ब्रुकले ३५ बलमा ६ चौका र पाँच छक्कासहित ७८, टम बेन्टनले अविजित २९ र ज्याकोब बेथलले २४ रन बनाए ।

तेस्रो विकेटका लागि साल्ट र ब्रुकबीच १२४ रनको साझेदारी भएको थियो । न्युजिल्यान्डका लागि  कायल जिमिसनले दुई तथा ज्याकोब डफी र  माइकल ब्रेसवेलले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ । 


भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल