असार २४, २०८२ मंगलबार | १३:१८:०३
जावलाखेलले आर्मीलाई हरायो एसी मिलान जाने भए लुका मोड्रिच आइसिसी अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन सिनर क्वार्टरफाइनलमा स्वायटेक सोझो सेटमा विजयी अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो इटाली स्पेन क्वार्टरफाइनलमा, बाहिरियाे बेल्जियम नेपालका प्रशिक्षक प्याट्रिक डी वाइल्ड बेल्जियममा यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी जावलाखेलले आर्मीलाई हरायो एसी मिलान जाने भए लुका मोड्रिच आइसिसी अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन सिनर क्वार्टरफाइनलमा स्वायटेक सोझो सेटमा विजयी अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो इटाली स्पेन क्वार्टरफाइनलमा, बाहिरियाे बेल्जियम नेपालका प्रशिक्षक प्याट्रिक डी वाइल्ड बेल्जियममा यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी

'नवौं राष्ट्रिय खेलकुदको सम्पूर्ण तयारी पूरा', बोगटीले दीप प्रज्ज्वलन गर्ने

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार उद्घाटन हुने नवौं वृहत राष्ट्रिय खेकलुदको सबै तयारी पूरा भएको बताएका छन् ।

उद्घाटन समारोहको अन्तिम तयारी भइरहेको बताउँदै उनले नवौं राष्ट्रिय खेलकुद सम्पन्नताको संघारमा रहेको बताए । बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरुले मौसमको चुनौती पार लगाएको उनको दाबी थियो ।

‘यतिबेला वर्षात होला भन्ने हामीले अपेक्षा गरेका थिएनौं । तर चुनौतीका बावजुद पनि हामीले सबै तयारी सम्पन्न गरेका छौं,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव घिसिङले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीको अस्वस्थताका कारण उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुनलाई निमन्त्रणा गरेको र उपराष्ट्रपति पुन बिहीबारै पोखरा आइसकेको उनले जानकारी गराए ।

‘धेरै प्रतियोगिताहरु पूर्व निर्धारित समयमै भइरहेका छन् । कास्की भन्दा बाहिर गोरखा म्याग्दीमा पनि भइरेहका छन् । भोली साढे तीन बजे औपचारिक उद्घाटनको कार्यक्रम पनि सुरु हुनेछ,’ घिसिङले भने, ‘सबथोक सोचेकैजसरी भइरहेको छ । हामी सम्पन्नको संघारमा पुगेका छौं ।’

सदस्यसचिव घिसिङले राष्ट्रिय खेलुकदमा सबै सर्वसाधारणलाई रंगशाला प्रवेश खुल्ला गरिएको पनि जानकारी गराए । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक च्याम्पियन ट्रफी बनाएको र सबभन्दा बढि पदक जित्ने टिमले उक्त ट्रफी प्राप्त गर्ने पनि उनले बताए ।

सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद राष्ट्रिय टिम निर्माणको एउटा बलियो हिस्सा हुने बताउँदै थपे, ‘हाम्रो पुस्ताले दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद मात्रै होइन, ओलम्पिकमा स्वर्ण जित्ने अठोट र अभिलासा गर्नेपर्छ ।’

राष्ट्रिय खेलकुदका लागि प्रदेशको टिम निर्माण तथा अभ्यासका क्रममा केन्द्रबाट कुनै सहयोग नभएको भन्दै भएका विवादबारे बोल्दै उनले ‘सबै तयारी सहभागी टिमले आफै गर्ने, केन्द्रले सहजीकरणमात्र गर्ने’ प्रष्ट्याए ।

व्यवस्थापकीय पक्षमा कमजोरी भएको स्वीकार्दै उनले विवाद भएका खेलाडी वा टिमको विषयमा अनुसन्धान गर्ने समितिहरु भएको र तिनको विषयमा उठेका प्रश्नमाथि सम्बन्धित समितिले अनुसन्धान गर्ने प्रतिक्रिया दिए । सदस्यसचिव घिसिङले सातौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)का स्वर्ण पदकधारी ओलम्पियन खेलाडी टिकाबहादुर बोगटीले नवौं राष्ट्रिय खेलकुदको दिप प्रज्जवलन गर्ने पनि जानकारी गराए ।

विभिन्न ३६ खेलमा कुल ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने नवौं राष्ट्रिय खेलकुद कात्तिक तीन गते सम्पन्न हुनेछ । 


भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY