रिङ रेस्लिङ

किङ रोबर्ट रिङ रेस्लिङ च्याम्पियन

काठमाडौं । किङ रोबर्टले ‘बडा दशैं महाभिडन्त’ रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेटतर्फ उपाधि जितेका छन् । नुवाकोटे टाइगरलाई हरउँदै च्याम्पियन बनेका रोबर्टले पुरस्कारस्वरुप एक लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाको आयोजनामा भएको प्रतियोगिताको महिलामा तनुले आकृतिलाई हराउदै ६५ हजार नगद पुरस्कार जितिन् । लाइट वेटमा सीजे वल्र्डले सुजमाथि जित हासिल गर्दै ५५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।

नुवाकोटको गुर्जेस्थित कालिका माविमा भएको प्रतियोगिताको ट्याग टिममा स्पाइडरम्यान र बाका जोडीले टुप्पी ग्याङलाई हराए । विजेताले ८५ हजार नगद पुरस्कार जिते । ट्रिपल थ्रेट म्याचमा डेविडलाई निराश पारेका चट्टानले ७५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई पूर्व मन्त्री हितमान तामाङ, नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।