कबड्डी

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

धनगढी । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलकाे एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।

देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्याे । यस्तै, उपविजेता एफिएफले नगद ८० हजारमा चित्त बुझाउदा सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले समान ४०/४० हजार रुपैयाँ प्राप्त गरेका गरे ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्धक रहेको प्रतियोगिताका विजयी टाेलीलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको थियाे । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बाेहराको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमकाे विशिष्ठ अतिथिमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंह थिए । कैलाली जिल्ला कबड्डी संघका अध्यक्ष कमल पन्तको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।